Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका स्थानीय तहको बेरुजु अङ्कमा सुधार, दोरम्बाशैलुङको सबै भन्दा कम बेरुजु

संवादाताः रामचन्द्र वि.क.
जेष्ठ १४, २०८१

रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० मा २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम २१ करोड ६२ लाख १९ हजार रुपैयाँ देखिएको हो ।

महालेखापरीक्षकको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ स्थानीय तहको १२ अर्ब ५३ करोड ९८ लाख ५५ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो । प्रतिवेदन अनुसार रामेछापका ८ स्थानीय तहको जम्मा रकमको १ दशमलव ७२ प्रतिशत बेरुजू देखिएको छ ।

६१औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार लेखापरीक्षण भएका रामेछापका ८ स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र दोेरम्बा शैलुङ्ग गाउँपालिकाको सबै भन्दा कम बेरुजू देखिएको छ । ८ स्थानीय तह मध्ये सबै भन्दा बढी बेरुजु देखिने खाँडादेवी गाउँपालिकाको बेरुजू ६ दशमलव ६७ प्रतिशत पुगेको छ भने सबै भन्दा कम बेरुजु देखिने दोरम्बा शैलुङ्ग गाउँपालिकाको ० दशमलव १५ प्रतिशत कायम भएको छ ।

रामेछापका स्थानीय तहहरूले गएको वर्ष भन्दा यो वर्ष बेरुजु अङ्क घटाउन सफल भएका छन् । सबै जसो पालिकाले आफ्नो पालिकाको बेरुजु रकम घटाउँदै लैजदाँ अघिल्लो वर्षको तुलनामा यो वर्ष ८ ओटा स्थानीय तहको बेरुजु रकम घटेको छ । अघिल्लो वर्ष ३७ करोड ७९ लाख ७ हजार रहेको थियो भने यो वर्ष उक्त रकमबाट घटेर २१ करोड ६२ लाख १९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ । 

बेरुजू बढी आउने पालिकामा खाँडादेवी पहिलो, कम आउनेमा दोरम्बा शैलुङ्ग

खाँडादेवी– अघिल्लो वर्ष (६० औँ लेखापरीक्षणको प्रतिवेदनमा) बेरुजू धेरै देखिनेमा रामेछापका ८ पालिका मध्ये खाँडादेवी गाउँपालिका पहिलो नम्बरमा थियो । ६१ औँ लेखापरीक्षण अर्थात यो वर्ष पनि जिल्लाका ८ पालिका मध्ये बेरुजु बढी आउने पालिकामा खाँडादेवी गाउँपालिका नै परेको छ । १ अर्ब ४९ करोड ७२ लाख ८ हजारको लेखापरीक्षण हुँदा ९ करोड ९७ लाख ९० हजार अर्थात ६ दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड ८५ लाख ३ हजारको लेखापरीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात ६ दशमलव २ प्रतिशत बेरुजू देखिएको थियो । खाँडादेवीको अघिल्लो वर्षको तुलनामा यस वर्ष बेरुजूको अंका घटेको छ ।

उमाकुण्ड– उमाकुण्ड गाउँपालिकाको ६१ औँ प्रतिवेदन अनुसार ५ करोड १३ लाख ४७ हजार अर्थात ३ दशमलव ७७ प्रतिशत बेरुजु आएको छ । आर्थिक वर्ष २०७९÷०८० मा उमाकुण्ड गाउँपालिकाको १ अर्ब ३६ करोड १३ लाख ४४ हजार रकमको लेखापरीक्षण भएको थियो । 

महालेखापरीक्षकको अघिल्लो वर्षको (६० औँ) प्रतिवेदनमा वर्ष १ अर्ब २५ करोड १५ लाख ६३ हजारको खेलापरीक्षण हुँदा २ करोड ४७ लाख ९१ हजार अर्थात १ दशमलव ९८ प्रतिशत बेरुजू देखिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष उमाकुण्ड गाउँपालिकाको बेरुजु रकम वृद्धि भएको छ । 

गोकुलगंगा– गोकुलगंगा गाउँपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखाको ६०औँ प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्ब ३५ करोड ९५ लाख ८८ हजारको लेखापरीक्षण गर्दा ५ करोड ६९ लाख ३१ हजार अर्थात ४ दशमलव १९ प्रतिशत बेरुजू देखिएको थियो । तर, यो वर्ष महालेखापरीक्षकको ६१ औँ प्रतिवेदन अनुसार १ अर्ब ३९ करोड ७५ लाख ८८ हजारको लेखापरीक्षण गर्दा १ करोड ९६ लाख ६३ हजार अर्थात १ दशमलव ४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ । 

लिखुतामाकोशी– लिखुतामाकोशी गाउँपालिकामा अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बेरुजू अङ्कमा केही सुधार आएर बेरुजू रकम घटेको छ । महालेखापरीक्षक ६१ औँ प्रतिवेदन अनुसार लिखुतामाकोशी गाउँपालिकाको १ अर्ब ५१ करोड ८४ लाख ९१ हजारको लेखापरीक्षण हुँदा १ करोड ७० लाख ४४ हजार अर्थात १ दशमलव १२ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्षको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ४ करोड ९३ लाख ८ हजार रुपैयाँ अर्थात ४ दशमलव ०४ प्रतिशत बेरुजू आएको आएको थियो

मन्थली– जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बेरुजू रकम अघिल्लो वर्षको तुलनामा यो वर्ष भने घटेको छ । महालेखाको अघिल्लो वर्षको (६०औँ) लेखापरीक्षणको प्रतिवेदन अनुसार २ अर्ब २४ करोड १३ लाख २ हजारको लेखापरीक्षण हुँदा मन्थलीको बेरुजू ५ करोड २० लाख ५८ हजार अर्थात २ दशमलव ३२ प्रतिशत बेरुजू आएको थियो । यो वर्षको प्रतिवेदन अनुसार २ अर्ब २५ करोड १३ लाख १८ हजारको लेखापरीक्षण हुँदा १ करोड ८८ लाख ४० हजार अर्थात ० दशमलव ८४ प्रतिशत मात्रै बेरुजु देखिएको छ । 

सुनापति– अघिल्लो वर्ष करोडमा रहेको सुनापति गाउँपालिकाको बेरुजू रकम यो वर्ष घटेर लाखमा आएको छ । यो वर्ष सुनापति गाउँपालिकाको बेरुजू ३४ लाख ५८ हजार अर्थात ० दशमलव २७ प्रतिशत मात्रै बेरुजु देखिएको छ । अघिल्लो वर्ष भने सुनापति गाउँपालिकाको बेरुजु रकम ४ करोड ७९ लाख ४५ हजार अर्थात ३ दशमलव ९४ प्रतिशत रहेको थियो ।

रामेछाप– रामेछाप नगरपालिकामा अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बेरुजू अङ्कमा केही सुधार आएर बेरुजू रकम घटेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ लेखापरीक्षणको प्रतिवेदन अनुसार १ अर्ब ८८ करोड ८९ लाख ६५ हजारको लेखापरीक्षणमा ४० लाख ७७ हजार अर्थात ० दशमलव २२ प्रतिशत मात्रै बेरुजु देखिएको छ । अघिल्लो वर्ष (६०औँ प्रतिवेदन) २ अर्ब ३५ करोड २९ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७२ लाख ८३ हजार रुपैयाँ अर्थात ० दशमलव ३१ प्रतिशत बेरुजु थियो । 

दोरम्बा शैलुङ्ग– महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ पालिका मध्ये सबै भन्दा कम बेरुजू आउने पालिकामा दोरम्बा शैलुङ्ग गाउँपालिका पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९÷०८० मा दोरम्बा शैलुङ्ग गाउँपालिकामा १ अर्ब ३२ करोड ४लाख ३० हजार रुपैयाँको लेखापरीक्षण हुँदा २० खाल रुपैयाँ मात्रै बेरुजू देखिएको छ । जुन रकम लेखापरीक्षण गरेको जम्मा रकमको ० दशमलव १५ प्रतिशत हो । अघिल्लो वर्ष (६० औँ प्रतिवेदन) १ अर्ब २२ करोड ४४ लख ७५ हजारको लेखापरिक्षण गर्दा ४ करोड ६६ लख ७८ हजार अर्थात ३ दशमलव ८१ प्रतिशत बेरुजू आएको थियो ।

प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम आदिलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू रकमा राख्ने गर्दछ ।

विगतको अवस्था

रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, खाँडादेवीको ९ करोड बढी

रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, सबै भन्दा बढी उमाकुण्डको

रामेछापको ७ स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख, लिखुतामाकोशीको भएन लेखापरीक्षण

रामेछाप नगरपालिका बेरुजु कम आउने स्थानीय तहमा बागमती प्रदेशकै पहिलो (सूची सहित)

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper