

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् । शुक्रबार राती रामेछापबाट मन्थली तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ २६ च ४९१३ नम्बरको योद्धा गाडी सडकबाट करिव २ सय ५० मिटर तल खस्दा गाडीमा सवार एक जनाको ज्यान गएको हो भने अर्का एक जना घाइते भएका हुन् । दुर्घटनामा ज्यान गुमाउने गाडीमा सवार दोलखाको भिमेश्वार नगरपालिका वडा नं ३ का सन्जित तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले बताए । दुर्घटनामा गम्भिर घाइते भएकालाई उद्धार गरेर उपचारको लागि मन्थली अस्पताल लगिएको र अस्पताल पुर्याएको केही बेरमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।



राउतका अनुसार घाइते भएका व्यक्ति गाडीका चालक रहेका र उनी दोलखाको भिमेश्वार नगरपालिका वडा नं ३ का प्रदिप लामा रहेका छन् । घाइतेको हाल मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले बताए । दुर्घटना के कारणले भयो भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

















