Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, खाँडादेवीको ९ करोड बढी

संवादाताः रामचन्द्र वि.क.
बैशाख १, २०८०

रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७८/०७९ मा ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो ।

महालेखापरीक्षकको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ स्थानीय तहको १२ अर्व ३४ करोड ८९ लाख ७८ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो । प्रतिवेदन अनुसार रामेछापका ८ स्थानीय तहको जम्मा रकमको ३ दशमलव ०६ प्रतिशत बेरुजू देखिएको छ ।

६०औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षण भएका रामेछापका ८ स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरुजू देखिएको छ । अघिल्लो वर्ष ५ दशमलव ९८ प्रतिशत बेरुजू रहेको खाँडादेवी गाउँपालिकाको बेरुजू बृद्धि भएर ६ दशमलब २८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ० दशमलव ८९ प्रतिशत बेरुजू रहेको रामेछाप नगरपालिको बेरुजू अंक घटेर ० दशमलव ३१ प्रतिशत कायम भएको छ ।

बेरुजू बढी आउने पालिकामा खाँडादेवी पहिलो, अन्तिममा रामेछाप

खाँडादेवी– अघिल्लो वर्ष (५९ औँ लेखापरीक्षणको प्रतिवेदनमा) बेरुजू धेरै देखिनेमा रामेछापका ८ पालिका मध्ये खाँडादेवी गाउँपालिका दोस्रो नम्बरमा थियो । तर, ६० औँ लेखापरीक्षण अर्थात यो वर्ष बेरुजू रकम बृद्धि हुँदै रामेछापका ८ स्थानीय तह मध्ये बेरुजू बढी आउने पालिकाको पहिलो नम्बरमा पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । यो वर्ष १ अर्व ४७ करोड ८५ लाख ३ हजारको लेखापरीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात ६ दशमलव २ प्रतिशत बेरुजू देखिएको छ । खाँडादेवीको अघिल्लो वर्षको लुलनामा यस वर्ष बेरुजूको अंका बृद्धि भएको छ ।

गोकुलगंगा– गोकुलगंगा गाउँपालिकाको अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बेरुजू रकम बढेको छ । महालेखाको यो वर्षको (६०औँ) प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्व ३५ करोड ९५ लाख ८८ हजारको लेखापरिक्षण गर्दा ५ करोड ६९ लाख ३१ हजार अर्थात ४ दशमलव १९ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्ष गोकुलगंगा गाउँपालिकाको १ अर्व २९ करोड ५४ लाख ४२ हजारको लेखापरिक्षण गर्दा ४ करोड ४६ लाख ५८ हजार अर्थात ३ दशमलव ४५ प्रतिशत बेरुजू देखिएको थियो ।

लिखुतामाकोशी– लिखुतामाकोशी गाउँपालिकामा यो वर्ष बेरुजू अंकमा केही सुधार आएर बेरुजू रकम घटेको छ । महालेपरीक्षकको ६० औँ प्रतिवेदन अनुसार लिखुतामाकोशी गाउँपालिकाको १ अर्व २१ करोड ९८ लाख ९८ हजारको लेखापरीक्षण हुँदा ४ करोड ९३ लाख ८ हजार अर्थात ४ दशमलव ०४ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्षको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ९८ करोड २७ लाख २२ हजारको लेखापरिक्षण गर्दा ४ करोड १७ लाख ४० हजार रुपैयाँ अर्थात ४ दशमलव २५ प्रतिशत बेरुजू आएको थियो ।

सुनापति– अघिल्लो वर्ष लाखमा रहेको सुनापति गाउँपालिकाको बेरुजू रकम यो वर्ष बृद्धि भएर करोडमा पुगेको छ । यो वर्ष सुनापति गाउँपालिकाको बेरुजू ४ करोड ७९ लाख ४५ हजार अर्थात ३ दशमलव ९४ प्रतिशत देखिएको छ । ६० औँ प्रतिवेदन अनुसार सुनापति गाउँपालिकामा १ अर्व २२ करोड ७ लाख ४२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो वर्ष महालेखाले ९४ करोड ४६ लाख ७३ हजारको लेखापरिक्षण गर्दा ६७ लाख ८५ हजार अर्थात ० दशमलव ७२ प्रतिशत मात्रै बेरुजू रकम देखाएको थियो । अघिल्लो वर्ष महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गरेका रामेछापका ८ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजू आउने पालिकामा सुनापति गाउँपालिका पहिलो नम्बरमा परेको थियो । तर, यो वर्ष भने सबै भन्दा बढी बेरुजू आउने पालिकामा चौथो नम्बरमार देखिएको छ ।

दोरम्बा शैलुङ्ग– दोरम्बा शैलुङ्ग गाउँपालिकाको पनि बेरुजू अंक अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ । महालेखाको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको १ अर्व २२ करोड ४४ लाख ७५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजू रकम ४ करोड ६६ लाख ७८ हजार अर्थात ३ दशमलब ८१ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष वर्ष १ अर्व ३२ करोड १० लाख २६ हजारको लेखापरिक्षण गर्दा १ करोड ७४ लाख ३२ हजार अर्थात १ दशमलव ३२ प्रतिशत रकम बेरुजू देखिएको थियो ।

मन्थली– जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बेरुजू रकम अघिल्लो वर्षको तुलनामा यो वर्ष पनि बढेको छ । महालेखाको अघिल्लो वर्षको (५९औँ) लेखापरीक्षणको प्रतिवेदन अनुसार मन्थलीको बेरुजू ३ करोड ४३ लाख ६० हजार अर्थात १ दशमलब ६५ प्रतिशतमा रहेको थियो । तर, महालेखाको यो वर्षको (६०औँ) लेखापरिक्षणको प्रतिबेदनमा बेरुजू रकम बढेर २ दशमलव ३२ प्रतिशत  देखिएको छ । यस वर्ष २ अर्व २४ करोड १३ लाख २ हजारको लेखापरीक्षण हुँदा ५ करोड २० लाख ५८ हजार अर्थात २ दशमलव ३२ प्रतशित बेरुजू आएको छ । ८ पालिका मध्ये हरके दृष्टिकोणले सुविधा सम्पन्न पालिकाको रुपमा रहेको मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा बेरुजू रकम घटेको भएपनि अघिल्ला दुई वर्षमा लगातार बेरुजू रकम बढ्दै गएको थियो । यो वर्ष पनि बेरुजू रकम बृद्धि भएको छ ।

उमाकुण्ड– महालेखापरीक्षकको अघिल्लो वर्षको (५९ औँ) प्रतिवेदनमा रामेछापका ८ पालिका मध्ये सबै भन्दा बढी बेरुजू आउने पालिकाको पहिलो नम्बरमा रहेको उमाकुण्ड गाउँपालिका यो वर्षको (६० औँ) प्रतिवेदन अनुसार बेरुजू रकम घटाएर कम बेरुजू रकम आउने पालिकाको दोस्रो नम्बरमा देखिएको छ । यो वर्ष १ अर्व २५ करोड १५ लाख ६३ हजारको खेलापरीक्षण हुँदा २ करोड ४७ लाख ९१ हजार अर्थात १ दशमलव ९८ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्ष (५९औँ लेखापरीक्षणमा) १ अर्व ७ करोड ४१ लाख ४९ हजारको लेखापरिक्षण गर्दा ११ करोड ७३ लाख ६६ हजार (१०.९३ प्रतिशत) बेरुजू देखिएको थियो ।

रामेछाप– महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ पालिका मध्ये सबै भन्दा कम बेरुजू आउने पालिकामा रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७८/०७९ मा रामेछाप नगरपालिकाको २ अर्व ३५ करोड २९ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७२ लाख ८३ हजार रुपैयाँ मात्रै बेरुजू देखिएको छ । जुन रकम लेखापरीक्षण गरेको जम्म रकमको ० दशमलव ३१ प्रतिशत हो । अघिल्लो वर्ष (५९ औँ प्रतिवदेन) १ अर्व ७० करोड ५१ लख ३४ हजारको लेखापरिक्षण गर्दा १ करोड ५१ लख ६० हजार अर्थात ० दशमलव ८९ प्रतिशत बेरुजू आएको थियो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ लेखापरीक्षण प्रतिवेदन अनुसार बागमती प्रदेशका १ सय १९ ओटा स्थानीय तह मध्ये बेरुजू कम आउने पालिका मध्येमा रामेछाप नगरपालिका पाँचौँ नम्बरमार देखिएको छ ।

रामेछापका ८ स्थानीय तहमा देखिएको बेरुजू रकम अघिल्लो वर्ष तिर्न बाँकी रहेको बेरुजू रकम समेतको हो ।

प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम आदिलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू रकमा राख्ने गर्दछ ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper