Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, खाँडादेवीको ९ करोड बढी

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०८० बैशाख १

रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७८/०७९ मा ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो ।

महालेखापरीक्षकको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ स्थानीय तहको १२ अर्व ३४ करोड ८९ लाख ७८ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो । प्रतिवेदन अनुसार रामेछापका ८ स्थानीय तहको जम्मा रकमको ३ दशमलव ०६ प्रतिशत बेरुजू देखिएको छ ।

६०औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षण भएका रामेछापका ८ स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरुजू देखिएको छ । अघिल्लो वर्ष ५ दशमलव ९८ प्रतिशत बेरुजू रहेको खाँडादेवी गाउँपालिकाको बेरुजू बृद्धि भएर ६ दशमलब २८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ० दशमलव ८९ प्रतिशत बेरुजू रहेको रामेछाप नगरपालिको बेरुजू अंक घटेर ० दशमलव ३१ प्रतिशत कायम भएको छ ।

बेरुजू बढी आउने पालिकामा खाँडादेवी पहिलो, अन्तिममा रामेछाप

खाँडादेवी– अघिल्लो वर्ष (५९ औँ लेखापरीक्षणको प्रतिवेदनमा) बेरुजू धेरै देखिनेमा रामेछापका ८ पालिका मध्ये खाँडादेवी गाउँपालिका दोस्रो नम्बरमा थियो । तर, ६० औँ लेखापरीक्षण अर्थात यो वर्ष बेरुजू रकम बृद्धि हुँदै रामेछापका ८ स्थानीय तह मध्ये बेरुजू बढी आउने पालिकाको पहिलो नम्बरमा पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । यो वर्ष १ अर्व ४७ करोड ८५ लाख ३ हजारको लेखापरीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात ६ दशमलव २ प्रतिशत बेरुजू देखिएको छ । खाँडादेवीको अघिल्लो वर्षको लुलनामा यस वर्ष बेरुजूको अंका बृद्धि भएको छ ।

गोकुलगंगा– गोकुलगंगा गाउँपालिकाको अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बेरुजू रकम बढेको छ । महालेखाको यो वर्षको (६०औँ) प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्व ३५ करोड ९५ लाख ८८ हजारको लेखापरिक्षण गर्दा ५ करोड ६९ लाख ३१ हजार अर्थात ४ दशमलव १९ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्ष गोकुलगंगा गाउँपालिकाको १ अर्व २९ करोड ५४ लाख ४२ हजारको लेखापरिक्षण गर्दा ४ करोड ४६ लाख ५८ हजार अर्थात ३ दशमलव ४५ प्रतिशत बेरुजू देखिएको थियो ।

लिखुतामाकोशी– लिखुतामाकोशी गाउँपालिकामा यो वर्ष बेरुजू अंकमा केही सुधार आएर बेरुजू रकम घटेको छ । महालेपरीक्षकको ६० औँ प्रतिवेदन अनुसार लिखुतामाकोशी गाउँपालिकाको १ अर्व २१ करोड ९८ लाख ९८ हजारको लेखापरीक्षण हुँदा ४ करोड ९३ लाख ८ हजार अर्थात ४ दशमलव ०४ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्षको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ९८ करोड २७ लाख २२ हजारको लेखापरिक्षण गर्दा ४ करोड १७ लाख ४० हजार रुपैयाँ अर्थात ४ दशमलव २५ प्रतिशत बेरुजू आएको थियो ।

सुनापति– अघिल्लो वर्ष लाखमा रहेको सुनापति गाउँपालिकाको बेरुजू रकम यो वर्ष बृद्धि भएर करोडमा पुगेको छ । यो वर्ष सुनापति गाउँपालिकाको बेरुजू ४ करोड ७९ लाख ४५ हजार अर्थात ३ दशमलव ९४ प्रतिशत देखिएको छ । ६० औँ प्रतिवेदन अनुसार सुनापति गाउँपालिकामा १ अर्व २२ करोड ७ लाख ४२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो वर्ष महालेखाले ९४ करोड ४६ लाख ७३ हजारको लेखापरिक्षण गर्दा ६७ लाख ८५ हजार अर्थात ० दशमलव ७२ प्रतिशत मात्रै बेरुजू रकम देखाएको थियो । अघिल्लो वर्ष महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गरेका रामेछापका ८ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजू आउने पालिकामा सुनापति गाउँपालिका पहिलो नम्बरमा परेको थियो । तर, यो वर्ष भने सबै भन्दा बढी बेरुजू आउने पालिकामा चौथो नम्बरमार देखिएको छ ।

दोरम्बा शैलुङ्ग– दोरम्बा शैलुङ्ग गाउँपालिकाको पनि बेरुजू अंक अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ । महालेखाको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको १ अर्व २२ करोड ४४ लाख ७५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजू रकम ४ करोड ६६ लाख ७८ हजार अर्थात ३ दशमलब ८१ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष वर्ष १ अर्व ३२ करोड १० लाख २६ हजारको लेखापरिक्षण गर्दा १ करोड ७४ लाख ३२ हजार अर्थात १ दशमलव ३२ प्रतिशत रकम बेरुजू देखिएको थियो ।

मन्थली– जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बेरुजू रकम अघिल्लो वर्षको तुलनामा यो वर्ष पनि बढेको छ । महालेखाको अघिल्लो वर्षको (५९औँ) लेखापरीक्षणको प्रतिवेदन अनुसार मन्थलीको बेरुजू ३ करोड ४३ लाख ६० हजार अर्थात १ दशमलब ६५ प्रतिशतमा रहेको थियो । तर, महालेखाको यो वर्षको (६०औँ) लेखापरिक्षणको प्रतिबेदनमा बेरुजू रकम बढेर २ दशमलव ३२ प्रतिशत  देखिएको छ । यस वर्ष २ अर्व २४ करोड १३ लाख २ हजारको लेखापरीक्षण हुँदा ५ करोड २० लाख ५८ हजार अर्थात २ दशमलव ३२ प्रतशित बेरुजू आएको छ । ८ पालिका मध्ये हरके दृष्टिकोणले सुविधा सम्पन्न पालिकाको रुपमा रहेको मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा बेरुजू रकम घटेको भएपनि अघिल्ला दुई वर्षमा लगातार बेरुजू रकम बढ्दै गएको थियो । यो वर्ष पनि बेरुजू रकम बृद्धि भएको छ ।

उमाकुण्ड– महालेखापरीक्षकको अघिल्लो वर्षको (५९ औँ) प्रतिवेदनमा रामेछापका ८ पालिका मध्ये सबै भन्दा बढी बेरुजू आउने पालिकाको पहिलो नम्बरमा रहेको उमाकुण्ड गाउँपालिका यो वर्षको (६० औँ) प्रतिवेदन अनुसार बेरुजू रकम घटाएर कम बेरुजू रकम आउने पालिकाको दोस्रो नम्बरमा देखिएको छ । यो वर्ष १ अर्व २५ करोड १५ लाख ६३ हजारको खेलापरीक्षण हुँदा २ करोड ४७ लाख ९१ हजार अर्थात १ दशमलव ९८ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्ष (५९औँ लेखापरीक्षणमा) १ अर्व ७ करोड ४१ लाख ४९ हजारको लेखापरिक्षण गर्दा ११ करोड ७३ लाख ६६ हजार (१०.९३ प्रतिशत) बेरुजू देखिएको थियो ।

रामेछाप– महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ पालिका मध्ये सबै भन्दा कम बेरुजू आउने पालिकामा रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७८/०७९ मा रामेछाप नगरपालिकाको २ अर्व ३५ करोड २९ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७२ लाख ८३ हजार रुपैयाँ मात्रै बेरुजू देखिएको छ । जुन रकम लेखापरीक्षण गरेको जम्म रकमको ० दशमलव ३१ प्रतिशत हो । अघिल्लो वर्ष (५९ औँ प्रतिवदेन) १ अर्व ७० करोड ५१ लख ३४ हजारको लेखापरिक्षण गर्दा १ करोड ५१ लख ६० हजार अर्थात ० दशमलव ८९ प्रतिशत बेरुजू आएको थियो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ लेखापरीक्षण प्रतिवेदन अनुसार बागमती प्रदेशका १ सय १९ ओटा स्थानीय तह मध्ये बेरुजू कम आउने पालिका मध्येमा रामेछाप नगरपालिका पाँचौँ नम्बरमार देखिएको छ ।

रामेछापका ८ स्थानीय तहमा देखिएको बेरुजू रकम अघिल्लो वर्ष तिर्न बाँकी रहेको बेरुजू रकम समेतको हो ।

प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम आदिलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू रकमा राख्ने गर्दछ ।

Related Posts

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम
समाचार

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम

सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे
समाचार

सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था
विचार

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper