Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, सबै भन्दा बढी उमाकुण्डको

संवादाताः रामचन्द्र वि.क.
असार ३१, २०७९

रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७७/०७८ मा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ३ लाख ५० हजार देखिएको हो ।

अघिल्लो वर्ष अर्थात आर्थिक २०७६/०७७ को तुलनामा यो वर्ष आधा भन्दा बढीले बेरुजू रकम बढेको छ । महालेखापरीक्षकको ५८औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका सात स्थानीय तहको ९ अर्व १७ करोड ७३ लाख ३२ हजार रुपैयाँको लेखापरीक्षण हुदा १८ करोड ३७ लाख ९७ हजार (१६.४ प्रतिशत) बेरुजू देखिएको थियो भने ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा १० अर्व ९५ करोड २५ लाख ९४ हजारको लेखापरीक्षण गर्दा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ (२९.२ प्रतिशत) बेरुजू देखिएको छ ।

५९औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षण भएकार रामेछापका ८ स्थानीय तह मध्ये उमाकुण्ड गाउँपालिकाको सबै भन्दा बढी र सुनापति गाउँपालिकाको सबै भन्दा कम बेरुजू देखिएको छ । अघिल्लो वर्ष ५ दशमलव ४ प्रतिशत बेरुजू रहेको उमाकुण्ड गाउँपालिकाको यस वर्ष दोब्बरले बढेर १० दशमलब ९३ प्रतिशत बेरुजु निस्केको छ ।

बेरुजुको पहिलो नम्बरमा उमाकुण्ड, अन्तिम नम्बरमा सुनापति

उमाकुण्ड– ५८औँ लेखापरीक्षणमा बेरुजु धेरै देखिनेमा सात पालिका मध्ये उमाकुण्ड गाउँपालिका पहिलो नम्बरमा थियो । ५९औँ लेखापरीक्षणमा पनि बेरुजू रकम दोब्बरले बृद्धि गर्दै बेरुजू बढी आउने पालिकाको पहिलो नम्बरमै रहेको छ । अघिल्लो वर्ष ९६ करोड ४१ लाख ९९ हजारको लेखापरिक्षण गर्दा ५ करोड २० लाख ४९ हजार (५.४ प्रतिशत) बेरुजू देखिएको थियो । यस वर्ष १ अर्व ७ करोड ४१ लाख ४९ हजारको लेखापरिक्षण गर्दा ११ करोड ७३ लाख ६६ हजार (१०.९३ प्रतिशत) बेरुजू देखिएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष ६ करोड ५३ लाख १७ हजार रुपैयाँ बढी बेरुजु देखिको छ ।

खाँडादेवी– आर्थिक वर्ष २०७७/०७८ मा भएका कारोबार मध्ये खाँडादेवी गाउँपालिकाको १ अर्ब ५५ करोड २७ लाख ९३ हजार रुपैयाँको लेखापरीक्षण भएको छ । जसमा ९ करोड २८ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनमा रामेछापका स्थानीय तह मध्ये बेरुजू बढी देखिने पालिकामा खाँडादेवी गाउँपालिका दोस्रो नम्बरमा परेको थियो भने यस वर्ष पनि दोस्रो नम्बरमा नै परेको छ । अघिल्लो वर्ष १ अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । अघिल्लो वर्षको लेखापरीक्षणमा ४ दशमलब ३१ प्रतिशत बेरुजू आएको खाँडादेवीमा यस वर्ष ५ दशमलब ९८ प्रतिशत बेरुजू आएको छ । खाँडादेवीको अघिल्लो वर्षको लुलनामा यस वर्ष बेरुजुको अंका बृद्धि भएको छ ।

लिखुतामाकोशी– विगत दुई वर्ष देखि लेखापरिक्षण हुन नसकेको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण भएको छ । ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ९८ करोड २७ लाख २२ हजारको लेखापरिक्षण गर्दा ४ करोड १७ लाख ४० हजार रुपैयाँ अर्थात ४ दशमलव २५ प्रतिशत बेरुजू आएको छ ।

गोकुलगंगा– गोकुलगंगा गाउँपालिकाको अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढील अंकले बेरुजु बढेर बेरुजू बढी आउने पालिकाको छैठौँ स्थानबाट चौथो स्थानमा पुगेको छ । महालेखाको ५९औँ प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्व २९ करोड ५४ लाख ४२ हजारको लेखापरिक्षण गर्दा ४ करोड ४६ लाख ५८ हजार अर्थात ३ दशमलव ४५ प्रतिशत बेरुजू देखिएको छ । महालेखाको ५८औँ प्रतिवेदनमा १ अर्व १४ करोड ९२ लाख १८ हजारको लेखापरीक्षण हुँदा ९७ लाख ६२ हजार अर्थात ० दशमलब ८५ प्रतिशत मात्रै बेरुजु रहेको थियो । आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षणमा केही सुधार देखिएको भएपनि गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा बेरुजुको अंक अस्वभाविक रुपमा बृद्धि भएको छ ।

मन्थली– जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बेरुजू रकम अघिल्लो वर्षको तुलनामा यो वर्ष बढेको छ । महालेखाको ५८औँ लेखापरीक्षणको प्रतिवेदन अनुसार मन्थलीको बेरुजू १ करोड ८९ लाख ६२ हजार अर्थात ० दशमलब ९७ प्रतिशतमा रहेको थियो । तर, महालेखाको ५९औँ लेखापरिक्षणको प्रतिबेदनमा बेरुजू रकम बढेर १ दशमलव ६५ प्रतिशत  देखिएको छ । यस वर्ष २ अर्व ७ करोड ६६ लाख ५६ हजारको लेखापरीक्षण हुँदा ३ करोड ४३ लाख ६० हजार अर्थात १ दशमलव ६५ प्रतशित बेरुजू आएको छ । ८ पालिका मध्ये हरके दृष्टिकोणले सुविधा सम्पन्न पालिकाको रुपमा रहेको मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा बेरुजू रकम घटेको भएपनि अघिल्ला दुई वर्षमा लगातार बेरुजु रकम बढ्दै गएको थियो । यो वर्ष पनि बेरुजू रकम बृद्धि भएको छ ।

दोरम्बा शैलुङ्ग– दोरम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु अघिल्लो वर्षको तुलनामा केही प्रतिशतले कम आएको छ । महालेखाको ५८औँ लेखापरीक्षणको प्रतिवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको ९३ करोड ८६ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजु रकम १ करोड ५४ लाख ८७ हजार अर्थात १ दशमलब ६ प्रतिशत आएको थियो । यो वर्ष १ अर्व ३२ करोड १० लाख २६ हजारको लेखापरिक्षण गर्दा १ करोड ७४ लाख ३२ हजार अर्थात १ दशमलव ३२ प्रतिशत रकम बेरुजू देखिएको छ ।

रामेछाप– तीन वर्ष देखि लगातार आफ्नो बेरुजु अंक घटाउँदै लगेको रामेछाप नगरपालिकाले यस वर्ष भने त्यो रेकर्डलाई कायम राख्न सकेको छैन् । आर्थिक वर्ष २०७६/०७७ मा २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार आर्थत ० दशमलब ३० प्रतिशत मात्रै बेरुजु आएको थियो । तर, यस वर्ष १ अर्व ७० करोड ५१ लख ३४ हजारको लेखापरिक्षण गर्दा १ करोड ५१ लख ६० हजार अर्थात ० दशमलव ८९ प्रतिशत बेरुजू देखिएको छ ।

सुनापति– अघिल्लो वर्ष २ दशमलब ८९ प्रतिशत बेरुजु आएको सुनापति गाउँपालिकाको यस वर्ष बेरुजु अंक घटेर ० दशमलव ७२ प्रतिशत मात्रै बेरुजु आएको छ । यस वर्ष महालेखाले ९४ करोड ४६ लाख ७३ हजारको लेखापरिक्षण गर्दा ६७ लाख ८५ हजार अर्थात ० दशमलव ७२ प्रतिशत मात्रै बेरुजु रकम देखाएको छ । महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गरेका रामेछापका ८ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु आउने पालिकामा सुनापति गाउँपालिका परेको छ ।

रामेछापका ८ स्थानीय तहमा देखिएको बेरुजू रकम अघिल्लो तिर्न बाँकी रहेको बेरुजू रकम समेतको हो ।

प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम आदिलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू रकमा राख्ने गर्द छ ।

यस्तो छ चार आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper