Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कार्य सम्पादन मूल्याङ्कनमा मन्थली पहिलो

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८१

रामेछाप- रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये मन्थली नगरपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार रामेछाप नगरपालिका दोस्रो, सुनापति गाउँपालिका तेस्रो, उमाकुण्ड गाउँपालिका चौथो, लिखुतामाकोशी गाउँपालिका पाँचौँ, गोकुलगंगा गाउँपालिका छैटौँ, दोरम्बाशैलुङ्ग गाउँपालिका सातौँ र खाँडादेवी गाउँपालिका आठौँ अर्थात् अन्तिम नम्बरमा रहेको छ । 

प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.७, रामेछाप नगरपालिकाले ६९.९, सुनापति गाउँपालिकाले ६४.७, उमाकुण्ड गाउँपालिकाले ६२, लिखुतामाकोशी गाउँपालिकाले ५८.१, गोकुलगंगा गाउँपालिकाले ५७.३, दोरम्बाशैलुङ्ग गाउँपालिकाले ५४.२ र खाँडादेवी गाउँपालिकाले ४१.१ अंक प्राप्त गरेका छन् । 

उल्लेखित कार्यसम्पादन मूल्याङ्कन गएको आर्थिक वर्ष २०८०/०८१ को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका सूचना अधिकारी राजेश्वरी खत्री सापकोटाले बताइन । हाम्रो प्रहार डटकमसँग कुरा गर्दै सुचना अधिकारी सापकोटाले भनिन् – ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसूची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।’

आर्थिक वर्ष २०७७/०७८ को नतिजा

आर्थिक वर्ष २०७८/७९ को नतिजा

आर्थिब वर्ष २०७९।८० को नतिजा

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper