Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई १ सय १७ मतको अन्तरले पराजित गर्दै ढुंगेल सभापतिमा निर्वाचित भएका हुन् ।

शनिवार सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार ढुंगेलले ४ सय १५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी टासी लामाले २ सय ९८ मत पाएका थिए । त्यस्तै सभापतिका अर्का उम्मेदवार हर्कबहादुर खत्रीले ३९ मत मात्रै प्राप्त गरेका छन् । ढुंगेल १४औ महाधिवेशनमा पनि सभापतिमा सोही प्रदेशको सभापतिमा पराजित भएका थिए । यो पटक भने ढुंगेलले सहजै जित निकालेका छन् । 

त्यस्तै सचिवमा सुवाश जंग थापामगर ४ सय ३३ मतका साथ विजयी भएका छन् । उनले सचिव पदका अर्का उम्मेदवारलाई विपिनराज श्रेष्ठलाई २ सय २८ को मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले २ सय ६ मत प्राप्त गरेका छन् । त्यस्तै खुला सहसचिवमा अमृत थोकर निर्वाचित भएका छन् । थोकले सहसचिवका अर्का उम्मेदवार अनिलराज सत्याललाई पराजित गर्दै निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित थोकले ४ सय ४१ मत ल्याएका थिए भने सत्यालले २ सय २५ मत प्राप्त गरेका थिए । रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय उपसभापतिमा दिपक पाण्डे र महिला सहसचिवमा  रिता ढुंगेल निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै रामेछाप प्रदेश सभा ‘ख’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा क्रमशः सुमित्रा मोक्तान, चण्डिका उप्रेती, जय प्रकाश गौतम, अस्मिता चौलागाई, विष्णुमाया लामा, निजुका खड्का, देवेन्द्र महते, श्रीबहादुर माझी, रमेश ढुंगेल, कमल योञ्जन, कोमल शंकर घिमिरे, टीकराज आरण, नविन्द्र गोले, बासुदेव फुयाल, बुद्धिबहादुर पुलामी मगर, भेषबहादुर थापा, सुजन घिसिङ, देवराज योञ्जन, रमेश थोकर, निर्मल घिसिङ, किर्मसिंह तामाङ, नविन कुमार थापामगर र लिला तामाङ निर्वाचित भएका छन् । 

Related Posts

सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता
समाचार

सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

संवादाताः हाम्रो प्रहार
अशोज १७, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीपूर्ण खेल मार्फत आपसी...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी (प्रदेश टिम)
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी (प्रदेश टिम)

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी भएका छन् । उनले अर्का उम्मेदवार मुरारी प्रसाद...

पुरा पढ्नुहोस्
रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित ३४ नेता, मत परिणामसहित
समाचार

रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित ३४ नेता, मत परिणामसहित

संवादाताः रामचन्द्र वि.क.
अशोज १६, २०८३
0

रामेछाप– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३३ जना निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणामसँगै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper