Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

रामेछाप नगरपालिका कार्य सम्पादन मूल्याङ्कनमा बागमती प्रदेशकै पहिलो, देशभरमा १६ औँ स्थानामा

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७८ फाल्गुन २५

रामेछाप– बामती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये रामेछाप नगरपालिका पहिलो नम्बरमा देखिएको हो । रामेछाप नगरपालिकाले ७३ दशमलव ३४ अंक प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेशको सिन्धुली जिल्लाको दुधौली नगरपालिका दोस्रो नम्बरमा देखिएको छ भने दोलखाको भिमेश्वार नगरपालिका तेस्रो, मकवानपुरको थाहा नगरपालिका चौथो र रामेछापको गोकुलगंगा गाउँपालिका पाँचौ नम्बरमा देखिएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा बामगमी प्रदेशकै पहिलो नम्बरमा परेको रामेछाप नगरपालिका देशका ७५३ वटा स्थानीय तह मध्ये १६ औँ नम्बरमा परेको छ ।

‘सबैको सहयोगले यो सफलता प्राप्त गरेका हौँ’– नगर प्रमुख थापामगर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा रामेछाप नगरपालिका बामगमी प्रदेशकै पहिलो नम्बरमा देखिएपछि नगर प्रमुख नर बहादुर थापामगरले सबैको सहयोगका कारण सफलता प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । सयौँ चुनौतीका बीचमा पनि नगरमा कार्यरत कर्मचारी, स्थानीय जनप्रतिनिधि र आम नागरिकको साथ सहयोग र खबरदारीले पहिलो हुन सफल भएको नगर प्रमुख थापामगरले बताए । नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई नीति र विधिमा रहेर कार्यन्वयन गर्दाको परिणाम देखिएको नगर प्रमुखको भनाई रहेको छ । आफूहरु निर्वाचित भएर आएको पाँचौ वर्षमा आइपुग्दा प्रदेशकै पहिलो र देशकै १६ स्थानमा रामेछाप नगरपालिका हुनु भनेको रामेछाप नगरपालिका विकासमा पनि अगाडि छ भन्ने एउटा गतिलो प्रमाण भएको नगर प्रमुखको दावी रहेको छ ।

शुसाशनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको कारण आजको अवस्थामा आइपुगेको उपप्रमुख सृजना खड्काले बताइन् । उनले देशमा संघीयता आएपछि आफूहरु निर्वाचित भएर आएको पहिलो जनप्रतिनिधि भएर आफ्नो नगरलाई यहाँ सम्म ल्याउन पाउँदा आफूहरु जनता प्रति पूर्ण उत्तरदायी भएको महसुस भएको बताइन् ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले यही मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा प्रदान गरिने समानीकरण अनुदानको रकम सिफारिस हुने भएकाले नगरपालिकालाई थप फाइदा भएको बताए ।

जिल्लामा रामेछाप नगर पहिलो हुँदा लिखुतामाकोशी आठौ स्थानमा

कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेशकै पहिलो रामेछाप नगरपालिका जिल्लाका ८ पालिका मध्येमा पनि पहिलो नम्बरमै रहेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिका दोस्रो, मन्थली नगरपालिका तेस्रो, दोरम्बा शैलुङ्ग गाउँपालिका चौथो, खाँडादेवी गाउँपालिका पाँचौ, सुनापति गाउँपालिका छैँठौ, उमाकुण्ड गाउँपालिका सातौ र लिखुतामाकोशी गाउँपालिका आठौ नम्बरमा देखिएका छन् ।

रामेछाप नगरपालिका आर्थिक वर्ष २०७६/०७७ मा बेरुजु कम आउने स्थानीय तहमा पनि बागमती प्रदेशकै पहिलो भएको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

Related Posts

लिखुतामाकोशी गाउँपालिकाको अभियानः आँखाको ज्योति जोगाउन बिरामी खोज्दै गाउँमै चिकित्सक
विविध

लिखुतामाकोशी गाउँपालिकाको अभियानः आँखाको ज्योति जोगाउन बिरामी खोज्दै गाउँमै चिकित्सक

विविध

रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जितः प्रतिनिधिसभामा काँग्रेस र प्रदेशसभामा माओवादी

रामेछाप प्रदेश सभा कः गुप्तेश्वरको मतगणना सम्पन्न, माओवादीको अग्रता कायमै
विविध

रामेछाप प्रदेशसभा (क): एमालेका शान्ति पौडेल मतान्तर बढाउँदै, तारानारायण १ हजार ८८ मतले पछाडि

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper