Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

महाशिवरात्रि पर्वमा विविध कार्यक्रमको आयोजना

संवादाताः कैलाश खत्री
फाल्गुन २६, २०८०

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा महाशिवरात्रि पर्वको अवसरमा विविध कार्यक्रमको आयोजना भएको छ। फाल्गुन शुक्रवार मन्थलीमा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रले विविध कार्यक्रमको आयोजना गरेको हो।बिहान मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको भवनमा झन्डोत्तोलन गरेकी थिइन । कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीकाे पनि उपस्थिति रहेको थियो।

त्यसै गरी दिउँसो पञ्चेबाजा सहित मन्थली बजार परिक्रमा गरिएको थियो।ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीको सभा हलमा आयोजित कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले ज्ञान ,कर्म र भक्तिबाट मात्र मानव जीवन पूर्ण हुने बताइन् । उनले योग ,ध्यान बाट मानिसले आफ्नो जीवनको महत्त्व बुझ्ने उल्लेख गरिन। ब्रह्माकुमारी सीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख सूर्य प्रकाश शर्मा ,जिल्ला अनुसन्धान कार्यालय रामेछापका प्रमुख उमा अधिकारी , पतञ्जलि योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहाल (जेएन), राजयोग सेवा केन्द्र मन्थलीका प्रमुख विष्णु दिदी ,नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल,मन्थली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामी ,शारदा संस्कृत मावि बावियाखर्क रामेछापका प्रधानाध्यापक नारायण प्रसाद घिमिरे लगायकाे उपस्थिति रहेको थियो।

ब्रह्मकुमार डा.भरत कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा पतञ्जलि योग समिति रामेछापका पूर्व अध्यक्ष रामहरि सुवेदीले भजन प्रस्तुत गरेका थिए भने बालबालिकाहरूले नृत्य देखाएका थिए । शिवरात्रिकै अवसरमा मन्थलीकी स्थानीय मिश्रा श्रेष्ठले लाख बत्ती बाल्ने (लक्ष्य दीप प्रज्वलन) काे समेत आयोजना गरेकी थिइन।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper