रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा महाशिवरात्रि पर्वको अवसरमा विविध कार्यक्रमको आयोजना भएको छ। फाल्गुन शुक्रवार मन्थलीमा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रले विविध कार्यक्रमको आयोजना गरेको हो।बिहान मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको भवनमा झन्डोत्तोलन गरेकी थिइन । कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीकाे पनि उपस्थिति रहेको थियो।
त्यसै गरी दिउँसो पञ्चेबाजा सहित मन्थली बजार परिक्रमा गरिएको थियो।ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीको सभा हलमा आयोजित कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले ज्ञान ,कर्म र भक्तिबाट मात्र मानव जीवन पूर्ण हुने बताइन् । उनले योग ,ध्यान बाट मानिसले आफ्नो जीवनको महत्त्व बुझ्ने उल्लेख गरिन। ब्रह्माकुमारी सीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख सूर्य प्रकाश शर्मा ,जिल्ला अनुसन्धान कार्यालय रामेछापका प्रमुख उमा अधिकारी , पतञ्जलि योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहाल (जेएन), राजयोग सेवा केन्द्र मन्थलीका प्रमुख विष्णु दिदी ,नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल,मन्थली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामी ,शारदा संस्कृत मावि बावियाखर्क रामेछापका प्रधानाध्यापक नारायण प्रसाद घिमिरे लगायकाे उपस्थिति रहेको थियो।
ब्रह्मकुमार डा.भरत कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा पतञ्जलि योग समिति रामेछापका पूर्व अध्यक्ष रामहरि सुवेदीले भजन प्रस्तुत गरेका थिए भने बालबालिकाहरूले नृत्य देखाएका थिए । शिवरात्रिकै अवसरमा मन्थलीकी स्थानीय मिश्रा श्रेष्ठले लाख बत्ती बाल्ने (लक्ष्य दीप प्रज्वलन) काे समेत आयोजना गरेकी थिइन।
आफ्नो प्रतिकृया दिनुहोस्