Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘जनताको मन जित्ने गरी काम गरौँ, माओवादी ६४ कै अवस्थामा फर्किन्छ’- प्रधानमन्त्री दाहाल

संवादाताः कैलाश खत्री
साउन ३२, २०८०

रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले जनताको काम गर्ने अवसर मिलेकाले जनताको मन जित्ने गरी काम गर्न सके नेकपा माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । बिहीबार रामेछापको दोरम्बामा आयोजित  २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री दाहालले अहिले देशको नेतृत्वमा नेकपा माओवादी केन्द्र रहेको र जनताको मन जित्ने गरी काम गरे नेकपा माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्किने दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले अहिले आम नागरिकको मन जित्ने गरी काम गर्ने बाहेकको अर्को विकल्प नभएको बताउँदै सरकारमा रहेका र पार्टीको विभिन्न तहमा रहेका पार्टी नेता तथा कार्यकर्तालाई जनताको मन जित्ने गरी काम गर्न अनुरोध समेत गरेका छन् ।

प्रधानमन्त्री दाहाल प्रचण्डले अहिले देशमा भइरहेको प्रतिगमन, भ्रष्टाचार, बेथिति, षड्यन्त्र, विभेद र अपमानका विरुद्धमा माओवादी शान्तिपूर्ण रूपमा आन्दोलन गर्दै जनतासँग जोडिने अभियानमा रहेको बताए । उनले अहिले सरकारमा सहभागी भएका राजनीतिक दल र आम नागरिकलाई सामाजिक न्याय, समृद्धि र सुशासनको निम्ति सरकारलाई साथ दिन आग्रह गरेका छन् ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै सहिद परिवारलाई परिपूरण कार्यक्रम मार्फत आर्थिक सहयोग, परिवारका सदस्यलाई जागिर, उपचारको व्यवस्था लगायतका विषय समेटिएको ऐन अहिले सदनमा भएको बताउँदै प्रधानमन्त्री दाहालले त्यो ऐनलाई पारित गरेर सहिद परिवारका काम पनि टुङ्ग्याउने धारणा राखे ।

रामेछापको दोरम्बामा २०६० साल साउन ३२ गते तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिई डाँडाकटेरी भन्ने ठाउँमा लगेर हत्या गरेको थियो । उक्त घट्नामा परी २१ जनाले ज्यान गुमाएका थिए ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper