Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नवजागरणको २५ वर्षे यात्रा: २५ जना महिलाले सुरु गरेको सहकारीको कुल पुँजी ६६ करोड

संवादाताः कैलाश खत्री
साउन १२, २०८०

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५औँ स्थापना दिवस अर्थात रजत वर्ष मनाएको छ । २५ वर्ष अघि सहकारी स्थापना भएको ठाउँ तत्कालीन मन्थली गाविसको टेकानपूर गाउँमा शुक्रबार संस्थाको २५औँ स्थापना दिवस मनाइएको हो ।

मन्थली नगरपालिका वडा नं २ टेकानपुरमा रहेको ताम्राकौशीका आधारभूत विद्यालयको प्राङ्गणमा मनाइएको कार्यक्रममा मन्थली नगरपालिका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीले गाउँको आर्थिक रूपान्तरणमा सहकारीले उल्लेख्य काम गरेको बताए । आगामी दिनमा सहकारीले आर्थिक कारोबारसँगै उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्दै जानु पर्नेमा जोड दिए । उनले अहिले गाउँको बैंकको रूपमा रहेका सहकारीले गरिबी नवरणमा थप सहयोग पुर्‍याएको बताउँदै सहकारीले शेयर सदस्य मैत्री काम गर्नु पर्नेमा जोड दिए । 

त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेलले गाउँको अर्थतन्त्र सुधार गर्नको लागि सहकारीले लगानी गर्नु पर्ने बताए । उनले कृषि तथा साना घरेलु उद्योगको क्षेत्रमा लगानी गरेर नागरिकहरूको जीवनमा आर्थिक परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष टीकाप्रसाद भट्ट, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्का, ताम्राकौशीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दाहाल, नवजागरण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दिपक क्षेत्री कार्की लगायतले मन्तव्य राखेका थिए ।

नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम थापाले सहकारी संस्थाले समय अनुसार आफ्नो कार्यक्रम तय गर्दै गएको बताए । उनले नवजागरण सहकारीमा गाउँका नागरिकलाई आबद्ध गराई आर्थिक रूपमा सम्पन्न बनाउने गरी गाउँ बस्तीमा सहकारी शिक्षा पुर्‍याउने आगामी कार्यक्रम रहेको बताए । अर्थतन्त्रको एउटा पक्षको रूपमा रहेको सहकारी क्षेत्रले ग्रामीण अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

सहकारीले २५औँ स्थापना दिवसमा ताम्राकौशिका आधारभूत विद्यालय र बालकन्या आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको विद्यालय झोला वितरण गरेको छ । त्यस्तै सहकारीका संस्थापक अध्यक्ष झम्क बहादुर कार्कीलाई सम्मान प्रदान गरी सम्मान गरिएको थियो ।

२५ जना महिलाहरुले २५ वर्ष अगाडि सुरु गरेको सहकारीको अहिलेको कुल पुँजी ६६ करोड बराबरको कारोबार गरिरहेको संस्थाका सचिव सोमेश थापाले बताए । थापाका अनुसार सहकारीमा अहिले ९ हजार ५ सय सदस्य रहेका छन् । 

अहिले सहकारीको कार्यक्षेत्र मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिका रहेको छ ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper