Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जिल्लामै पहिलो पटक डुङ्गा दौड प्रतियोगिता हुने

संवादाताः कैलाश खत्री
असार २, २०७९

रामेछाप– रामेछापमा पहिलो पटक डुङ्गा दौड प्रतियोगिताको आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले सदरमुकाम मन्थलीमा बिहिवार पत्रकार सम्मेलन गरी जेष्ठ ४ गते प्रथम खुल्ला डुङ्गा (लाउ) दौड प्रतियोगिताको आयोजना गरिने जानकारी गराइएको हो । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खुल्ला डुङ्गा (लाउ) दौड प्रतियोगिता देशमै पहिलो पटक आयोजना गर्न लागिएको आयोजकको दावी रहेको छ ।

तामाकोशी नदीको त्रिवेणी क्षेत्रमा आयोजना हुने प्रतियोगितामा माझीहरुले डुङ्गा चलाएर कोशी वारपार गर्ने र समय अवधीलाई मूल्यांकन गरी बिजेता घोषणा गरिने आयोजकले जनाएको छ । काठको डुङ्गा चलाएर प्रतिस्पर्धा गरिने भएको हुँदा परम्पराको निरन्तरता र रोचक समेत हुने जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख केशब कुमार कट्टेल बताए । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सरोज घागामगरले खेल प्रतियोगितामा देशैभरीका करिव २० भन्दा बढी जिल्लाका डुङ्गा खेलाडीहरुको सहभागिता हुने बताए । उनले माझी समुदायको सिप र क्षमतालाई प्रस्फुटन गर्दै परम्परागत खेललाई संरक्षण गर्ने उद्देश्यका साथ खेल आयोजना गर्न लागिएको धारणा व्यक्त गरे ।

खेलमा सिंगल तर्फ एउटा डुङ्गामा दुई जना र डबल तर्फ एउटा डुङ्गामा चार जनाले डुङ्गा चलाउने आयोजकले बताएको छ । सिंगल तर्फ प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कारको साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । त्यस्तै डबल तर्फ प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

खेलमा दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै उद्धारटोली तयारी अवस्थामा राखिने आयोजकले जनाएको छ ।

माझी समुदायको बसोबास रहेका सबै जिल्लाबाट खेलमा सहभागि गराउने गरी खबर गरिसकिएको नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्रबहादुर माझील पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रथम खुल्ला डुङ्गा (लाउ) प्रतियोगिताका फोकल पर्सन गंगालाल गोलेले यो खेलले एउटा समुदायसँग जोडिएको संस्कारलाई जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना, रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन, मन्थली नगरपालिकाको सहयोग र नेपाल माझी उत्थान संघ रामेछापको समन्वयमा हुने प्रतियोगितको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने भएका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper