Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीमा वनप्रतिको चासोः पालिकादेखि वडातहसम्म समिति, विद्यालयले वनबारे दैनिक पढाउने

संवादाताः रामचन्द्र वि.क.
चैत्र २०, २०८१

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका सामुदायिक वन र कबुलियत वनको संरक्षण, उपभोक्ताहरूसँगको सम्बन्ध सुदृढीकरण, र वन क्षेत्रको व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ योजना अगाडि सारेको छ । पालिका स्तरदेखि वडातहसम्म छुट्टै संयन्त्र निर्माण गर्दै वन संरक्षण, वन डढेलो नियन्त्रण, तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको गाउँपालिकाले जनाएको छ ।

वन संरक्षणका लागि संयन्त्र गठन

गाउँपालिकाले हालै सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै वन संरक्षणको महत्त्व, उपभोक्ताहरूको भूमिका र वनलाई दिगो ढंगले उपयोग गर्ने विषयमा छलफल गरेर निष्कर्ष निकालेको छ । गाउँपालिका अध्यक्ष केशव महतका अनुसार कार्यक्रमको निष्कर्ष स्वरूप वडा स्तरमा वडाध्यक्षको संयोजकत्वमा वडा भित्र रहेका सामुदायिक वन तथा कबुलियत वनका प्रमुख, राजनीतिक दलका प्रमुख, र सामुदायिक वन महासंघका प्रतिनिधिहरू भए उनीहरू समेत सदस्य रहने गरी संयन्त्र निर्माण गर्ने योजना अगाडि सारिएको छ । पालिका स्तरमा गाउँपालिका अध्यक्षकै संयोजकत्वमा वडाध्यक्ष, सव–डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन तथा कबुलियत वनका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू लगायत सदस्य रहने गरी यस अघिनै संयन्त्र गठन भइसकेको अध्यक्षले महतले बताए । 

व्यवसायीकरण र आयआर्जनमा जोड

गाउँपालिकाभित्र रहेका ५९ वटा सामुदायिक वनका प्रमुख एवं प्रतिनिधि, १३ वटा कबुलियत वनका प्रमुख एवं प्रतिनिधि, गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि, सरोकारवालाहरु समेतको प्रत्यक्ष सहभागितामा भएको अभिमुखीकरणमा वन संरक्षणका तत्कालीन चुनौतीहरू समाधान गर्दै, दीर्घकालीन रूपमा वन र उपभोक्ताबिचको सम्बन्धलाई अझ मजबुत बनाई आयआर्जनमा जोड्ने निष्कर्ष निकालिएको छ । अध्यक्ष महत भन्छन्, “पालिका भित्र रहेका सामुदायिक वन र कबुलियत वनसँग  उपभोक्ताको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यदि हामीले यस सम्बन्धलाई सकारात्मक रूपमा लिएर अगाडि बढायौँ भने वन क्षेत्रबाट ठुलो फाइदा लिन सकिन्छ । अहिलेको समयमा वन संरक्षण मात्र पर्याप्त छैन, यसलाई सही ढंगले उपयोग गर्दै आर्थिक अवसर सिर्जना गर्नुपर्छ । वन स्रोतहरूको व्यावसायिक उपयोग गर्न सकेमा उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्न सकिन्छ, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सकिन्छ, र वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ ।”

अध्यक्ष महतले थप प्रस्ट पार्दै थपे,“हाम्रो योजनाअन्तर्गत सामुदायिक वन तथा कबुलियत वनका संरचनालाई अझ व्यवस्थित गर्दै दिगो वन व्यवस्थापनलाई प्राथमिकता दिनेछौँ । उपभोक्ताहरूले वनबाट बढी लाभ लिन सकुन् भन्ने हाम्रो प्रयास हो । वनको उचित व्यवस्थापनका लागि समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्दै, सरकारी तथा गैरसरकारी क्षेत्रसँग सहकार्य गर्नेछौँ । हामी सबै मिलेर अघि बढ्ने हो भने वनको उपयोग मात्र होइन, यसको संरक्षणमा समेत उल्लेखनीय प्रगति गर्न सकिन्छ ।”

विद्यालय स्तरमा वन शिक्षालाई प्राथमिकता

वन संरक्षणको दीर्घकालीन प्रभाव सुनिश्चित गर्न गाउँपालिकाले विद्यालयहरूमा समेत वन संरक्षणसम्बन्धी शिक्षालाई अनिवार्य बनाउने योजना अघि सारेको छ । आगामी कार्य योजनाअनुसार गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई दैनिक पाँच मिनेट वन संरक्षणसम्बन्धी पाठ पढाउने व्यवस्था मिलाइने छ ।

साझेदारीबाट वन संरक्षण र विकास

गाउँपालिकाले वन क्षेत्रको दिगो उपयोग गर्दै व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यसका लागि सामुदायिक वनका समिति, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, तथा स्थानीय उपभोक्ताहरूको समन्वय आवश्यक हुने अध्यक्ष महत बताउँछन् । उनले थपे, “वन संरक्षण र आयआर्जनबिच सन्तुलन राख्दै अगाडि बढ्ने हो भने यस क्षेत्रका उपभोक्ताहरूलाई दीर्घकालीन फाइदा पुग्नेछ र सोही अनुसार हामी काम गर्ने योजना बनाउँदै छौँ ।”

वनलाई दिगो संरक्षण गर्दै व्यावसायिक मोडेलमा ढाल्ने गाउँपालिकाको दीर्घकालिक योजनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला सबै लाग्नु पर्नेमा अध्यक्ष महतले जोड दिएका छन् ।

Related Posts

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार
समाचार

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार

संवादाताः हाम्रो प्रहार
अशोज ३१, २०८२
0

रामेछाप- रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् । ७० औं प्रहरी दिवसको...

पुरा पढ्नुहोस्
सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ देखि हुने
समाचार

सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ देखि हुने

संवादाताः हाम्रो प्रहार
अशोज ३१, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले चौथो सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सुरु गर्ने भएको छ...

पुरा पढ्नुहोस्
लिट्टिल स्टार इङ्गलिस स्कुल रामेछापलाई पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त
समाचार

लिट्टिल स्टार इङ्गलिस स्कुल रामेछापलाई पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

संवादाताः कैलाश खत्री
अशोज २८, २०८२
0

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुललाई पहिलो अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) प्राप्त...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper