Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविले जित्ने निश्चित

संवादाताः कैलाश खत्री
मंसिर ५, २०८२

रामेछाप- मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जित्ने निश्चित भएको छ । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा मन्थली माविले हालसम्म सबैभन्दा बढी ३४ स्वर्ण पदक जित्दै आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने निश्चित भएको हो । ६६ स्वर्ण पदकको लागि भएको प्रतियोगितामा ६० स्वर्ण पदकको खेल सम्पन्न हुँदा मन्थली माविले अन्य विध्यालयको भन्दा तेब्बर भन्दा बढी स्वर्ण पदक जित्दै आफ्नो जित निश्चित गरेको हो ।

यता तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलले १० स्वर्ण पदक जितेको छ भने कर्कलादेवी बोर्डिङ्ग स्कूलले ७ स्वर्ण जितेको छ । भैरवी मावि र निलकण्ठेश्वर माविले समान ३/३ स्वर्ण जितेका छन् भने नागकन्या माविले २ स्वर्ण जित्दा सेतीदेवी माविले एक स्वर्ण पदक जितेको छ । प्रतियोगितामा नगर भित्रका २० विद्यालयले भाग लिएको भए पनि १३ विद्यालयले ६० ओटा खेल सकिँदा एउटा पनि स्वर्ण पदक जित्न सकेका छैनन् । बाँकी ६ स्वर्ण पदकको लागि भने शनिबार प्रतिस्पर्धा हुने मन्थली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताए ।

प्रतियोगिताको उद्घाटन शुक्रबार भएको थियो । मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गाेपाल बहादुर माझीकाे अध्यक्षतामा भएकाे उद्घघाटन कार्यक्रममा बाेल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले खेलकुद क्षेत्रकाे विकास बाट नै मन्थली नगरपालिकाे चिनारी बढाउन सकिने वताए ।खेल क्षेत्रमा नगरपालिकाले लगानी बढाउदै लैजाने स्पष्ट पारे ।उनले विद्यालय स्तरमा खेल क्षेत्रलाई महत्त्व साथ राख्न आग्रह समेत गरे।मन्थली नगरपालिका पूर्ण नगर प्रमुख रमेश कुमार बस्नेतले नवयूवाहरू देशकाे भविष्य भएकाेले हरेक क्षेत्रमा आफ्नो क्षमता देखाउनुपर्ने विचार व्यक्त गरे।रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले खेलाडीलाई उच्च मनाेबलका साथ आफ्नो खेलकला देखाउन आग्रह गरे । त्यसैगरि मन्थली नगरपालिका उप प्रमुख ईश्वरी बस्नेतले विद्यालयनै खेलाडी उत्पादन गर्ने प्रमुख क्षेत्र भएकोले गाउँ बस्तीका विद्यालयहरूमा खेल विद्या लाई प्राथमिकताका साथ राख्नु पर्ने वताईन।कार्यक्रममा नेपाली काङ्ग्रेस मन्थली नगरका सचिव रमेश काफ्ले ,नेपाली कम्युनिस्ट पार्टी रामेछापका जिल्ला नेता राम बहादुर तामाङ ,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि अनु केसी ,नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

यस्तै २० वटा विद्यालय सहभागी मार्चपासमा मन्थली मावि पहिलो, तामाकाेशी बाेर्डिङ स्कुल मन्थली दोस्रो, कर्कलादेवी माध्यमिक विद्यालय तेस्रो र कालिदेवी माध्यमिक विद्यालय फुलासी पाेखरी चाैथाे भएका थिए । तीन दिने आठौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियाेगिता शनिबार सकिने आयाेजकले जनाएको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper