Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार

संवादाताः रामचन्द्र वि.क.
मंसिर ३, २०८२

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसी
सुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन् । लड्दा उनको देब्रे हातको हड्डी भाँचियो । हात भाँचिएपछि उनलाई उपचारका लागि काठमाडौँ जानुको विकल्प थिएन । तर, उनले केही समयअगाडि एक कार्यक्रममा गाउँमै विशेषज्ञसहितको दुई दिने निःशुल्क स्वास्थ्य मेला हुँदै छ भन्ने सूचना सुनेकी थिइन् । हात भाँचिएर उपचार गराउन काठमाडौँ जाने कुरा बिर्सेर अनिता भोलिपल्ट आफ्नै गाउँको मेडिकल सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरमा गइन् । मंसिर २७ गते पहिलो दिनमै स्वास्थ्य मेलामा पुगेकी अनिताको हात भाँचिएको कुरा चिकित्सकले हेरे र उनको हातको उपचार त्यहीँ भयो । आफ्नै गाउँमा निःशुल्क उपचार पाएपछि अनिताले खुसी हुँदै भनिन्, “हात भाँच्चिएर उपचारको लागि काठमाडौँ जान कसरी जाने, कति खर्च लाग्ने र कुन अस्पतालमा जाने भन्ने जस्ता चिन्ताले सताएको थियो । तर, गाउँमै आएको निःशुल्क उपचारले गर्दा तनाव पनि हरायो, उपचार पनि निःशुल्क भयो । यो स्वास्थ्य मेला मेरा लागि भगवान् साबित भयो । यसरी स्वास्थ्य मेला चलाउने मेडिकलका सञ्चालकलाई धेरै धेरै धन्यवाद छ ।”

दुई दिनसम्म चलेको स्वास्थ्य मेलामा अनिता एउटा पात्र मात्रै हुन् । उनीजस्ता हजारौँ स्थानीयले आफ्नो स्वास्थ्य परीक्षणसँगै त्यहाँ निःशुल्क उपचार गराए । सुनापति गाउँपालिका वडा नं २ रायटोलका राजुकुमार राय पनि केही वर्षअगाडिदेखि मृगौलामा देखिएको समस्यालाई भिडियो एक्स–रेमार्फत जाँच गराउन स्वास्थ्य मेलामा पुगे । स्वास्थ्य मेलामा उनले अन्य बिरामीजस्तै लाइनमा बसेर भिडियो एक्स–रे गर्ने ठाउँमा पुगे । उनको भिडियो एक्स–रे गर्ने चिकित्सकले मृगौलामा ठूलो समस्या नभएको तर, सावधानी अपनाउनुपर्ने परामर्श दिएपछि उनी निकै खुसी हुँदै स्वास्थ्य मेलाबाट बाहिरिए । आफ्नो समस्याबारे जाँच भएपछि उनले भने, “मेरो समस्याको जाँच गराउन काठमाडौँ नै पुग्नुपर्ने बाध्यता हुन्थ्यो । काठमाडौँ जानको लागि समय मिलाउन निकै कठिन हुन्थ्यो । तर, यहाँ मेरो समस्याको बारेमा निःशुल्क जाँच भयो । यसले मेरो रोगको मात्रै पहिचान भएन, मेरो मनमा भएको डर पनि हटेको छ । म र म जस्ता धेरै बिरामीले निःशुल्क जाँच गराउनुको साथै उपचार पाएका छन् । यो ठूलो पुण्यको काम हो ।”

आमाको निधनपछि पलाएको सेवाभाव
यसरी गाउँको दुर्गम ठाउँमा निःशुल्क स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्थाको बारेमा थाहा पाउन १३ वर्षअगाडिको घटनामा पुग्नुपर्ने हुन्छ । वि.सं. २०६९ सालको वैशाख महिना थियो । तत्कालीन रामेछापको बेथान गाविस (हालको सुनापति गाउँपालिका वडा नं ४) भ्वाँसाकी माइली डोल्मो तामाङ बिरामी भइन् । ठूलो रोग लाग्दा त्यतिबेला गाउँमा उपचार सम्भव थिएन । उनका आफन्तले उनलाई उपचार गर्नका लागि काठमाडौँको अस्पतालसम्म पुर्‍याउन त सके, तर उनी निको भएर गाउँ फर्किन सकिनन् । किनकि, उनको उपचारकै क्रममा निधन भयो ।

उनको निधन भएको घटना भारतमा लामा पढिरहेका उनका छोरा घेसे बिमान सिंह तामाङले सुने । आमाको निधनको खबरले दुःखी हुँदै दाहासंस्कारका लागि नेपाल आएका बिमानको मनमा ठूलो चोट पुग्यो । गाउँमै भनेजस्तो उपचार गर्ने ठाउँ भएको भए सायद आमाले ज्यान गुमाउनुपर्ने थिएन कि भन्ने भाव उनको मनमा आयो । उनले मृत भइसकेकी आमाको खुट्टामा ढोग्दै कसम खाए, “आमा, हजुरलाई गाउँमै उपचार गर्ने ठाउँ भएको भए बचाउन सकिन्थ्यो होला । हजुरको उपचार गर्न ढिला भएको कारण हजुरलाई बचाउन सकिएन । हजुरजस्ता धेरै आमाहरू अहिले पनि गाउँमा उपचार गर्न नपाएर अकालमै ज्यान गुमाइरहनुभएको छ । अब म गाउँमा हजुरकै सम्झनामा अस्पताल खोलेर उपचार दिन्छु ।”

त्यसपछि लामा गुरु घेसे बिमान सिंह तामाङ आफ्नो पढाइ सकेर नेपाल फर्केर आमाको सम्झनामा सन् २०१४ मा सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर नामक स्वास्थ्य संस्थाको स्थापना गरेर सामान्य जस्ताको छाप्रोबाट स्थानीयलाई उपचार दिन थाले । समय बित्दै गयो, उनले सुरु गरेको मेडिकलबाट सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी मेडिकलको लागि आवश्यक पर्ने भवन बनाउनेदेखि उपचारको लागि चाहिने उपकरणहरू जोड्नेसम्मको काम गरे । अस्पताल खोलेको ११ वर्षको अवधिमा आइपुग्दा तीनतले सुविधासम्पन्न भवन मात्रै बनेको छैन, त्यहाँ आवश्यक पर्ने उपकरणहरू पनि छन् । आफ्नी आमाको सम्झनामा सञ्चालन भएको मेडिकलबाट दुई लाख ७५ हजारभन्दा बढी बिरामीले उपचार लिएको मेडिकलका अध्यक्षसमेत रहेका घेसे बिमान सिंह तामाङ सुनाउँछन् ।

दुई दिनको स्वास्थ्य मेलामा २ हजार ७६३ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

स्थानीयको उपचार गर्न मेडिकलबाट मात्रै सबै रोगको जाँच र उपचार नहुने कुरा सञ्चालक बिमानलाई थाहा थियो । उनले दुई वर्षअगाडिदेखि नै गाउँमा विभिन्न रोगका विशेषज्ञहरू लगेर निःशुल्क स्वास्थ्य सेवा दिने सोचेका थिए र उनको सोच कार्तिक २७ र २८ गतेको स्वास्थ्य मेलाले पूरा गरेको छ । दक्षिण कोरियाको जाङताओ भिलेज जाजेछ हस्पिटलको सहयोगमा सञ्चालन भएको स्वास्थ्य मेलाबाट २ हजार ७ सय ६३ जनाले विभिन्न रोगको जाँच गरेर उपचार सेवा समेत लिएको अस्पतालका सञ्चालक बिमान सिंहले बताए ।

निःशुल्क स्वास्थ्य मेलाको बारेमा बताउँदै सञ्चालक तामाङले भने, “काठमाडौँका ठूला अस्पतालहरूमा जाँच गरिने सेवा गाउँमै दिने उद्देश्यले करिब दुई वर्षअघिदेखि योजना बनाएको थिएँ । त्यो योजना अहिले आएर पूरा भएको छ । यो स्वास्थ्य सेवा दिनको लागि दक्षिण कोरियाको जाङताओ भिलेज जाजेछ हस्पिटलका अध्यक्ष रहनुभएकी न्होङहेङ न्हेयु सुनिमको ठूलो योगदान छ । उहाँकै सहयोगले यो सबै सम्भव भएको हो । एक देशको नागरिकले अर्को देशका बिरामी नागरिकलाई गर्ने सहयोग यो निकै ठूलो हो । उहाँको सहयोगलाई मेरो व्यक्तिगत, मेडिकल परिवार र स्थानीयहरूको तर्फबाट सम्मानसाथ धन्यवाद भन्न चाहन्छु ।”

‘स्वास्थ्य मेलाले गाउँपालिकाको स्वस्थ नागरिक बनाउने अभियानमा सहयोग पुगेको छ’
दुई दिनसम्म गाउँपालिकाभित्रका नागरिकले निःशुल्क रूपमा उपचार पाउँदा गाउँपालिकाको स्वस्थ नागरिक बनाउने अभियानमा समेत सहयोग पुगेको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताए । स्वास्थ्य सेवामा सहयोग गर्ने दक्षिण कोरियाको जाङताओ भिलेज जाजेछ हस्पिटल र सुनापति भ्वाँसा च्यारिटी मेडिकललाई सम्मानपत्र प्रदान गर्दै अध्यक्ष तामाङले भने, “सुनापति गाउँपालिकाको स्वस्थ नागरिक बनाउने अभियान छ, त्यो अभियानमा गाउँको एउटा मेडिकलले निःशुल्क स्वास्थ्य सेवा दिएर ठूलो सहयोग गरेको छ । विदेशी मुलुकबाट हाम्रो जस्तो गाउँमा आएर सेवा दिने दक्षिण कोरियाको जाङताओ भिलेज जाजेछ हस्पिटलका सम्पूर्ण परिवारलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि गाउँपालिकाको स्वस्थ नागरिक बनाउने अभियानमा सहयोगको अपेक्षा गरेका छौँ ।”

शिविरमा सहयोग पुर्‍याउने दक्षिण कोरियाको हस्पिटल र सुनापति भ्वाँसा च्यारिटी मेडिकललाई गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गिता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ लगायतले धन्यवादसहित सम्मानपत्र दिँदै गाउँपालिकाको स्वास्थ्य संस्थामा आवश्यक पर्ने उपकरण लगायत उपचारको लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । दुई दिने शिविरमा गाउँपालिकाले पनि सुनापति आधारभूत अस्पतालमा कार्यरत चिकित्सकहरूलाई शिविरमा उपचार सेवा दिन पठाएको सुनापति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रधानले बताए ।

स्वदेशी र विदेशी चिकित्सकले दिए दर्जनौँ स्वास्थ्य सेवा
दुई दिनको अवधिमा उपचार लिन आउनेहरूलाई दक्षिण कोरियाबाट आएका तथा काठमाडौँका सरकारी र गैरसरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले सेवा दिएको स्वास्थ्य मेलाको नेतृत्व गरेका डा. केशव सिं धामीले बताए । मन्थली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका धामीका अनुसार स्वास्थ्य मेलामा नाक, कान घाटीसम्बन्धी रोग, यौन तथा महिलाहरूमा देखा पर्ने विभिन्न रोग, हड्डी खिइएको, जोर्नी दुखेको, दाँत तथा दाँतका समस्या भएका, मृगौलाको पत्थरी, रक्तचाप, मुटु रोग लगायतका विभिन्न रोगको जाँच तथा उपचार गरिएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper