Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापति गाउँपालिकाको सामाजिक परीक्षण सम्पन्न

संवादाताः हाम्रो प्रहार
मंसिर ६, २०८२

रामेछाप- सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाले गएको आर्थिक वर्ष २०८१।०८२ को लागि सेवा प्रवाह र विकास निर्माणको लागि लिएका नीति तथा लक्ष्यको उद्देश्य पुरा भए/नभएको मूल्याङ्कन सहितको नतिजा सार्वजनिक गर्दै सामाजिक परीक्षण सम्पन्न गरेको हो । शुक्रवार गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा सार्थक इन्जिनियर कन्सल्टेन्सी प्रालिले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन सार्वजनिक पश्चात् कार्यक्रममा सहभागीहरूले प्रतिवेदन माथि आफ्नो धारणा राख्दै सुनापति गाउँपालिकाले सुशासन र पारादर्शीतालाई थप बलियो बनाउने उद्देश्यले गरिएको काम राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गाउँपालिकाबाट गरिएका कामको प्रभावकारिता सहित गरिएको सामाजिक परीक्षणले सुशासनयुक्त पालिका बनाउन मद्दत पुग्ने धारणा राखे । अध्यक्ष तामाङले सामाजिक परीक्षणमा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका राम्रा कामले जनप्रिनिधिहरुलाई हौसला दिने र कामजोरीहरुलाई सुधार गर्न मद्दत पुग्ने भनाइ राखे । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्टले गाउँपालिकाबाट प्रवाह गरिएका सेवा प्रवाह र विकास निर्माण लगायतका विभिन्न क्षेत्रको मूल्याङ्कन सहित गरिएको सामाजिक परीक्षणले गाउँपालिकालाई सुशासन मैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले सामाजिक परीक्षणले गाउँपालिकाको कामको यथार्थ मूल्याङ्कन हुने भएकाले आगामी दिनमा तालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन र विकास निर्माणको कामलाई पनि गुणस्तरीय बनाउन सकिने भनाइ राखे ।

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष पदम थापा, वडा नं ३ का वडाध्यक्ष कुलबहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर, गाउँपालिकाको विभिन्न शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper