
रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ । विद्यालयले कक्षा ७ र ९ का विद्यार्थीहरूलाई एक दिने शैक्षिक भ्रमण गराएको हो । फागुन १५ गते गराइएको शैक्षिक भ्रमण अन्तरगत विद्यार्थीहरूले धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको अवलोकन भ्रमण गरेका थिए ।




शिक्षक र विद्यार्थीहरूको टोलीले काभ्रेपलान्चोक जिल्लाको साँगा भन्ज्याङमा रहेको कैलाशनाथ महादेव र नमोबुद्दको भ्रमण गरेको विद्यालयका प्रधानाध्यापक रमेश फुयालले बताए । फुयालका अनुसार विद्यार्थीहरूले सम्पदा संरक्षक, अनुभवी तथा विज्ञहरूसँग अन्तरक्रिया समेत गरेका थिए । यस्तो भ्रमणले नियमित शैक्षिक सिकाई लाई सहयोग पुग्ने फुयालको दाबी छ । विद्यार्थीहरूले नयाँ ठाउँको स्थलगत भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले महत्त्वपूर्ण धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको बारेमा जानकारी भएको र यसले आफूहरूको पढाइलाई सहयोग पुग्ने बताए ।
शैक्षिक भ्रमणमा विद्यालयका सहायक प्रधानाध्यापक हस्त बहादुर लामा लगायत शिक्षकहरूको पनि सहभागिता रहेको थियो ।



आफ्नो प्रतिकृया दिनुहोस्