Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले रामेछापका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै यसअघि नै निष्पक्ष छानबिन गरी मृतक र घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

गाउँपालिका अध्यक्ष केशव महत र उपाध्यक्ष दिपा पाख्रिनद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, “मिति २०८२ फागुन ११ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका सिमाँडास्थित पृथ्वी राजमार्गमा भएको बस दुर्घटनामा परी १९ जनाको घटनास्थलमै मृत्यु भएको तथा घाइतेहरूको उपचार भइरहेको अवस्था छ । यस दुःखद् दुर्घटनाबाट भएको अपूरणीय मानवीय क्षतिले लिखुतामाकोशी गाउँपालिका पनि मर्माहत भएको छ । दुर्घटनामा जीवन गुमाउने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । उक्त घटनालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिई माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा बैठक बसी छानबिन समिति गठन भएकोमा लिखुतामाकोशी गाउँपालिका धन्यवाद प्रकट गर्दछ । तर, यसै प्रकृतिको घटना २०८२ माघ २७ गते काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस मन्थलीको बेनीघाट पुल नजिक दुर्घटनामा परी १५ जनाको मृत्यु भएको तथा थप ८ जना घाइते अवस्थामा उपचाररत रहेको विषय सर्वविदितै छ । उक्त घटना पश्चात माघ २८ गते जिल्ला सुरक्षा समिति, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार र नागरिक समाजसहितको बैठकले उक्त घटनाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई जानकारी गराइएकोमा हालसम्म उक्त घटनाप्रति नेपाल सरकार संवेदनशील नभएको विषयप्रति लिखुतामाकोशी गाउँपालिकाले गम्भीर ध्यानाकर्षण गराउँदछ ।”

ध्यानाकर्षण पत्रमा घटनाको निष्पक्ष छानबिन गरी मृतक एवं घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरिएको छ । साथै, उक्त घटना पश्चात रामेछापका विभिन्न स्थानमा पूर्व अरनिको यातायात सञ्चालन बन्द भई यातायात सुचारु गर्न असहज परिस्थिति रहेको भन्दै उक्त घटनाप्रति पनि संवेदनशील एवं जिम्मेवार भई यातायात सञ्चालनलाई थप व्यवस्थित बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकार र सरोकारवाला पक्षसँग माग गरिएको छ ।

दुवै घटना एउटै प्रकृतिका भए पनि संघीय सरकारले हेर्ने दृष्टिकोण फरक भएको र रामेछापको घटनाबारे पनि चाँडोभन्दा चाँडो छानबिनको मागसहित संघीय सरकारको ध्यानाकर्षण गराउनु परेको गाउँपालिका अध्यक्ष केशव महतले बताए । अध्यक्ष महतले भने, “गएको माघ महिनामा भएको बस दुर्घटनाको घटना अझै पनि हाम्रा सामु ताजै छ । उक्त दुर्घटनामा तत्काल उद्धार र खोजतलास गर्ने काममा सबैको सहयोग भयो । तर त्यसपछि घटनाबारे छानबिन गर्न र मृतकका परिवार तथा घाइतेलाई क्षतिपूर्ति दिने गरी संघीय सरकारले कुनै पनि चासो नदेखाउनु रामेछापको घटनाप्रति माथिल्लो तहको राज्य संवेदनशील छैन भन्ने कुरा प्रष्ट भएको छ । त्यस कारण पनि हामीले पीडित पक्षको तर्फबाट राज्यको ध्यानाकर्षण गराएका हौँ ।”

बस दुर्घटनामा मृत्यु भएका मध्ये लिखुतामाकोशी गाउँपालिकाका मात्रै १० जनाको ज्यान गएको थियो । दुर्घटना पश्चात मृतक र घाइतेका परिवारले घटनाको छानविन तथा पीडित परिवारलाई उचित क्षतिपुर्तीको माग गर्दै एक दिन सम्म रामेछापको सदरमुकाम भएर चल्ने कुनै पनि सवारी तथा ढुवानीका साधन ठप्पा पारेका थिए । त्यसपछि जिल्ला सुरक्षा समिति, अरनिको यातायात सेवा प्रा.लि, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र दुर्घटनाका पीडिबीच भएको छलफलले पीडित पक्षले राखेका विभिन्न माग संवोधन गर्न माग सहित ८ बुदे सहमती पश्चात सडक अवरुद्ध खुलेको थियो ।

गाउँपालिकाले मृतकका परिवारलाई किरिया खर्च र शववाहन खर्च दिने निर्णय गरेको थियो भने मृतकका छोराछोरी भएमा पठनपाठनमा समेत सहयोग गर्ने निर्णय गरेको थियो ।

Related Posts

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ
विविध

रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २५, २०८१
0

रामेछाप- रामेछापमा नेपाल डेरी एसोसिएसन गठन भएको छ । जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले भानुभक्त श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन भएको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper