Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका गरिएको छ । पछिल्ला दिनहरूमा भएको लगातारको वर्षासँगै शनिबार साँझ छेबुक खोलामा लेदो मिसिएको ठुलो बाढी आउँदा सो ताल फुटेको हुनसक्ने आशंका गरिएको हो ।

स्थानीयवासी र घटनास्थल नजिकै रहेका व्यक्तिहरूले सामान्य अवस्थामा यस्तो प्रकारको बाढी नआउने जनाउँदै यसपटक भने ताल नै फूटेझैं देखिएको जानकारी दिएका छन् । भिजन इनर्जी एण्ड पावर लिमिटेडका सामाजिक परिचालक लाक्पा शेर्पाले बताएअनुसार, “केही दिनदेखिको अबिरल वर्षाको असर हुनसक्छ, तर खोलामा आएको लेदोसहितको बाढीले छेबुक ताल नै फूटेको संकेत गरेको छ ।” उनका अनुसार पहिले निरन्तर वर्षा हुँदा पनि यति ठूलो र लेदोयुक्त बाढी कहिल्यै देखिएको थिएन । शेर्पाकै भनाइअनुसार ताल भएको स्थानसम्म तत्काल पुग्न सक्ने अवस्था नरहेकाले ताल फुटेको कुरामा निश्चित हुन सकिएको छैन् ।

घटनास्थलमा प्रहरी खटिएको र घटनास्थलको निरीक्षण गर्दै बाढीको कारण, क्षति विवरण संकलन तथा ताल फुटेको हो वा होइन भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ ।

बाढीको प्रत्यक्ष असर नुप्छे जलविद्युत आयोजनामा परेको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवर्द्धन गरिरहेको ५७.५ मेगावाट क्षमताको नुप्छे जलविद्युत आयोजनाको लिखु साइटमा रहेको इन्टेक संरचनामा ठुलो क्षति पुगेको सामाजिक परिचालक शेर्पाले जानकारी दिए । उनका अनुसार बाढीले आयोजनामा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

बाढीले ङेजिटार हुँदै काव छोर्तेन गुम्बा जाने काठे पुल समेत बगाएको छ । पुल बगाएपछि ङेजिटारमा रहेका तीनवटा चौरी गोठमा आवतजावत गर्न गाह्रो भएको स्थानीयवासीहरूले बताएका छन् । चौरी गोठमा रहेका पशुपालक किसानहरूलाई दैनिक आवश्यक वस्तुहरू पुर्‍याउने बाटो अवरुद्ध भएको छ । नुप्छे जलविद्युत् आयोजनाको इन्टेकबाट करिब १० किलोमिटर टाढा रहेको छेबुक तालसम्मको क्षेत्र अहिले बाढीले बगाएर ल्याएका ढुंगा र गेग्रानले भरिएको छ ।


Related Posts

रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ
विविध

रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २५, २०८१
0

रामेछाप- रामेछापमा नेपाल डेरी एसोसिएसन गठन भएको छ । जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले भानुभक्त श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन भएको...

पुरा पढ्नुहोस्
मंसिर ७ गते सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाइ 
विविध

मंसिर ७ गते सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाइ 

संवादाताः हाम्रो प्रहार
मंसिर ३, २०८१
0

रामेछाप- सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्ममा गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयसँग सम्बन्धित भएर सार्वजनिक...

पुरा पढ्नुहोस्
विविध

प्रहार खबर साप्ताहिक २०८१ बैशाख २

संवादाताः हाम्रो प्रहार
बैशाख २, २०८१
0

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper