Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका गरिएको छ । पछिल्ला दिनहरूमा भएको लगातारको वर्षासँगै शनिबार साँझ छेबुक खोलामा लेदो मिसिएको ठुलो बाढी आउँदा सो ताल फुटेको हुनसक्ने आशंका गरिएको हो ।

स्थानीयवासी र घटनास्थल नजिकै रहेका व्यक्तिहरूले सामान्य अवस्थामा यस्तो प्रकारको बाढी नआउने जनाउँदै यसपटक भने ताल नै फूटेझैं देखिएको जानकारी दिएका छन् । भिजन इनर्जी एण्ड पावर लिमिटेडका सामाजिक परिचालक लाक्पा शेर्पाले बताएअनुसार, “केही दिनदेखिको अबिरल वर्षाको असर हुनसक्छ, तर खोलामा आएको लेदोसहितको बाढीले छेबुक ताल नै फूटेको संकेत गरेको छ ।” उनका अनुसार पहिले निरन्तर वर्षा हुँदा पनि यति ठूलो र लेदोयुक्त बाढी कहिल्यै देखिएको थिएन । शेर्पाकै भनाइअनुसार ताल भएको स्थानसम्म तत्काल पुग्न सक्ने अवस्था नरहेकाले ताल फुटेको कुरामा निश्चित हुन सकिएको छैन् ।

घटनास्थलमा प्रहरी खटिएको र घटनास्थलको निरीक्षण गर्दै बाढीको कारण, क्षति विवरण संकलन तथा ताल फुटेको हो वा होइन भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ ।

बाढीको प्रत्यक्ष असर नुप्छे जलविद्युत आयोजनामा परेको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवर्द्धन गरिरहेको ५७.५ मेगावाट क्षमताको नुप्छे जलविद्युत आयोजनाको लिखु साइटमा रहेको इन्टेक संरचनामा ठुलो क्षति पुगेको सामाजिक परिचालक शेर्पाले जानकारी दिए । उनका अनुसार बाढीले आयोजनामा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

बाढीले ङेजिटार हुँदै काव छोर्तेन गुम्बा जाने काठे पुल समेत बगाएको छ । पुल बगाएपछि ङेजिटारमा रहेका तीनवटा चौरी गोठमा आवतजावत गर्न गाह्रो भएको स्थानीयवासीहरूले बताएका छन् । चौरी गोठमा रहेका पशुपालक किसानहरूलाई दैनिक आवश्यक वस्तुहरू पुर्‍याउने बाटो अवरुद्ध भएको छ । नुप्छे जलविद्युत् आयोजनाको इन्टेकबाट करिब १० किलोमिटर टाढा रहेको छेबुक तालसम्मको क्षेत्र अहिले बाढीले बगाएर ल्याएका ढुंगा र गेग्रानले भरिएको छ ।


Related Posts

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ
विविध

रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २५, २०८१
0

रामेछाप- रामेछापमा नेपाल डेरी एसोसिएसन गठन भएको छ । जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले भानुभक्त श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन भएको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper