

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन् । कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।



करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी हाल संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन् । पुरस्कार प्राप्त भएपछि उनले यसलाई आफ्नो जिवनकालमा महत्वपूर्ण प्रेरणाका रूपमा लिएकी छन् । पुरस्कार प्राप्त पछि उनले, “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै खुशी व्यक्त गरिन्।
उक्त पुरस्कार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको हो । दाङ घर भई काठमाडौंलाई कर्म थलो बनाएर सांगीतिक यात्रामा लागेकी केसीका थुप्रै आधुनिक तथा गजल गीत बजारमा आएका छन् ।

















