Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गेलुमा निःशुल्क पशुपन्छी शिविर, १ हजार पाँच सय पशुपन्छीको उपचार

संवादाताः कैलाश खत्री
फाल्गुन १३, २०८०

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक दिने निःशुल्क पशुपन्छी शिविर सम्पन्न भएको छ । मन्थली नगरपालिका तथा हेफर नेपाल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहरीकरणमा शनिवार संञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तरगत मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाको समन्वयमा शिविर संचालन भएको हो ।

वडा कार्यालय सिक्रालमा राखिएको पशुपन्छी शिविरमा २ सय ४ वटा गाई–गोरु र भैँसी, १ हजार १ सय २५ वटा बाख्रा, २ सय २० ओटा कुखुरा र २९ वटा कुकुरलाई उपचार सेवा दिएको थियो । त्यस शिविरमा १ सय १६ घरधुरी पशु पालक किसानहरूले आफूले पालेका पशुपन्छीलाई उपचार गराउनुका साथै औषधी र परामर्श सेवा लिएका थिए ।

शिविरमा पशु चिकित्सकहरू डा.सूर्यचन्द्र थोकर, मुकुन्द खड्का, प्रकाश थापा, राम प्रवेश राम सहित परियोजनाका तर्फबाट पशु प्राविधिक लक्ष्मण श्रेष्ठ र सुविना केसीले पशुपन्छीको उपचार, औषधी वितरण र पशुपन्छी पालक किसानहरूलाई परामर्श सेवा दिएका थिए ।

वडामा नै निःशुल्क पशुपन्छीको औषधी सेवा पाएपछि स्थानीय किसानहरू खुसी भएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्तै शिविर राख्न संघसंस्था र सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । किसानहरूले पशुपन्छी पालन सम्बन्धी जानकारी, उपचार र औषधिको राम्रो व्यवस्था भएमा पशुपालन व्यवसायलाई निरन्तरता दिन सकिने बताएका छन् । 

शिविरमा पहाडी समाज कल्याण केन्द्र दोरम्बाका कार्यवाहक अध्यक्ष रोशन श्रेष्ठ, हेफर परियाेजना कार्यक्रम अधिकृत ठाकुर खड्का, प्रतिनिधि मुना कडेल लगायत स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थित रहेको थियो ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper