Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गेलुमा निःशुल्क पशुपन्छी शिविर, १ हजार पाँच सय पशुपन्छीको उपचार

संवादाताः कैलाश खत्री
फाल्गुन १३, २०८०

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक दिने निःशुल्क पशुपन्छी शिविर सम्पन्न भएको छ । मन्थली नगरपालिका तथा हेफर नेपाल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहरीकरणमा शनिवार संञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तरगत मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाको समन्वयमा शिविर संचालन भएको हो ।

वडा कार्यालय सिक्रालमा राखिएको पशुपन्छी शिविरमा २ सय ४ वटा गाई–गोरु र भैँसी, १ हजार १ सय २५ वटा बाख्रा, २ सय २० ओटा कुखुरा र २९ वटा कुकुरलाई उपचार सेवा दिएको थियो । त्यस शिविरमा १ सय १६ घरधुरी पशु पालक किसानहरूले आफूले पालेका पशुपन्छीलाई उपचार गराउनुका साथै औषधी र परामर्श सेवा लिएका थिए ।

शिविरमा पशु चिकित्सकहरू डा.सूर्यचन्द्र थोकर, मुकुन्द खड्का, प्रकाश थापा, राम प्रवेश राम सहित परियोजनाका तर्फबाट पशु प्राविधिक लक्ष्मण श्रेष्ठ र सुविना केसीले पशुपन्छीको उपचार, औषधी वितरण र पशुपन्छी पालक किसानहरूलाई परामर्श सेवा दिएका थिए ।

वडामा नै निःशुल्क पशुपन्छीको औषधी सेवा पाएपछि स्थानीय किसानहरू खुसी भएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्तै शिविर राख्न संघसंस्था र सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । किसानहरूले पशुपन्छी पालन सम्बन्धी जानकारी, उपचार र औषधिको राम्रो व्यवस्था भएमा पशुपालन व्यवसायलाई निरन्तरता दिन सकिने बताएका छन् । 

शिविरमा पहाडी समाज कल्याण केन्द्र दोरम्बाका कार्यवाहक अध्यक्ष रोशन श्रेष्ठ, हेफर परियाेजना कार्यक्रम अधिकृत ठाकुर खड्का, प्रतिनिधि मुना कडेल लगायत स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थित रहेको थियो ।

Related Posts

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान
समाचार

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान

संवादाताः कैलाश खत्री
असार २७, २०८२
0

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक...

पुरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना
समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’
समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper