रामेछाप- रामेछाप सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै पहिलो नीजि विद्यालय लिटिल स्टार अंग्रेजी विद्यालयले आफ्नाे २८औँ वार्षिक उत्सव विविध कार्यक्रमकाे आयाेजना गरि मनाएको छ । फागुन २ गते बुधबार श्रीपञ्चमी तथा सरस्वती पुजाकाे दिन वार्षिक उत्सव मनाएको हाे ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिनुका साथै नृत्य देखाएका थिए । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूकाे सहभागीता रहेको थियाे । त्यस अवसरमा ७४ जना बालबालिकाहरू लाई अक्षरारम्भ गराउँदै शिसु कक्षामा भर्ना गरिएको छ । निःशुल्क भर्ना भएका बालबालिकाहरू लाई विद्यालयका प्रधानध्यापक रमेश फुयाल र सहायक प्रधानध्यापक हस्त बहादुर लामाले स्वागत गर्दै अल ईन वान नामकाे पुस्तक प्रदान गरेका थिए ।
विद्यालय प्राङ्गणमा आयाेजित कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँघरेले जिल्लाकाे शैक्षिक विकासका लागि लिटिल स्टार स्कुलले दिएको याेगदान उल्लेखनीय रहेको वताए । उनले शिक्षा क्षेत्रकाे विकासले समाजमा सकारात्मक परिवर्तन आउने भन्दै विद्यालयकाे वृहत्तर हितकाे लागि सबै पक्षकाे सहयोग आवश्यक रहेको धारणा ब्यक्त गरे ।
विसं २०५२ साल श्रीपञ्चमीकाे दिन स्थापना भएकाे लिटिल स्टार अंग्रेजी विद्यालय बाट शिक्षा हासिल गरेको विद्यार्थीहरू देश तथा विदेशमा समेत दक्ष जनशक्तिका रूपमा सेवा गरिरहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्