Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दुई पांग्रे र चार पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा खुर्कोटमै

संवादाताः कैलाश खत्री
माघ २६, २०८०

खुर्कोट- सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको यातायात ब्यवस्था कार्यालयले पूर्णता पाएको छ । शुक्रबार एक समारोहकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ट्रायल सेन्टरको उद्घाटन गरेसँगै कार्यालयले पूर्णता पाएको हो । ट्रायल सेन्टर उद्घाटन गर्दै मन्त्री लम्सालले प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल सेन्टर सञ्चालकलाई निर्देशन दिए । ‘आफ्नो ईमान र इज्जतमा कुनै किसिमको आरोप र आपेक्ष लाग्ने गरी काम नगर्नु होला । काँही कतै समस्या नहुने गरी, कुनै पनि तहबाट गुनासो नआउने गरी काम गर्नु होला । राम्रो सेवा दिएर सेवाग्राहीलाई खुशी प्रदान गर्नुहोस् । यो कार्यालय नयाँ भएकाले शुरुमै राम्रो कामको सिस्टम बसाल्न सक्यो भने पछिसम्मलाई त्यसको असर पर्छ, मन्त्री लम्सालले भने ।’

मन्त्री लम्सालले यातायात ब्यवस्था कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गरे । ‘अहिले हामी भाडाको घरबाट सेवा दिइरहेका छौँ । यो कार्यालयले सिन्धुली, रामेछाप, ओलखढुंगा सहित आसपासका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्छ । अझ यसको सेवालाई राम्रो र प्रभावकारी बनाउन आफ्नै भवन हुँदा सहज हुन्छ । त्यसका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराइदियो भने भवन निर्माणका लागि प्रदेश सरकारले बजेटको सुनिश्चित गर्छ, मन्त्री लम्सालले भने ।’

उनले यातायात कार्यालयहरुबाट प्रदान गरिने धेरै जसो सेवाहरु अब अनलाईन प्रणाली मार्फत हुने बताए । मन्त्री लम्सालले बागमती प्रदेशभित्रका निजी सवारी साधनको नवीकरण, राजस्व, बिमा र जरिवानाको रकम भुक्तानी गर्न अनलाइन ब्यवस्था शुरु गरिसकेको र कार्यालयमा सेवाग्राहीको चाप कम गराउने उद्देश्यका साथ धेरै जसो सेवा अनलाईनबाटै गर्ने गरी जान खोजिएको बताउँदै यस्तो कार्यलाइ सफल पार्न सेवाग्राहीको पनि साथ र सहयोग उत्तिकै भनाइ राखे ।

कार्यक्रम मन्त्रालयका सचिब बलराम निरौलाले ट्रायल सेन्टर सञ्चालनमा आएसँगै यस भेग सेवाग्राहीले थप सुविधा प्राप्त गरेको भन्दै यसलाई विश्वासनिय बनाउन अनुरोध गरे ।

यातायात ब्यवस्था कार्यालय खुर्कोटका प्रमुख शिव कुमार निरौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गोलञ्जोर गाउँपालिकाका प्रमुख शंकर राज बराल, उपप्रमुख ज्वाला प्रसाद न्यौपाने, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मातहतका विभिन्न यातायात ब्यवस्था कार्यालयका प्रमुखहरु, सुरक्षा कर्मी लगायत सहभागिता रहेको थियो ।

२०७९ सालको जेठ महिनामा स्थापना भएको यातायात ब्यवस्था कार्यालय खुर्कोटमा प्रयोगात्मक परीक्षा (ट्रायल) को ब्यवस्था थिएन । शुक्रवार प्रयोगात्मक परीक्षा समेत शुरु भएको छ । दुई पांग्रे र चार पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा खुर्कोटमै हुनेछ ।

Related Posts

सुनसरीमा जग्गा तथा आवास विकास संघको प्रदेश स्तरीय भेला सम्पन्न
समाचार

सुनसरीमा जग्गा तथा आवास विकास संघको प्रदेश स्तरीय भेला सम्पन्न

संवादाताः हाम्रो प्रहार
कार्तिक २९, २०८२
0

काठमाण्डौ- सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । प्रदेशस्तरमा पहिलोपटक आयोजित...

पुरा पढ्नुहोस्
‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper