रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिटिल स्टार इङ्गलिस स्कुलले ५९ औँ बाल दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ शुक्रवार बाल दिवस मनाइएको हो ।
लिटिल स्टार इङ्गलिस स्कुल बाल क्लबद्वारा आयोजित कार्यक्रममा मुख्य गरी गायन, नृत्य, वक्तृत्वकला, निबन्ध, लगायतको विधा समेटिएका थिए । त्यसै गरी सांस्कृतिक कार्यक्रम, विभिन्न जातीय भेसभुसाको प्रदर्शन, पेसा व्यवसायको प्रदर्शन र मिडियासँग बालबालिका तथा बाल अधिकार सम्बन्धी अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको थियो ।
लिटिल स्टार इङ्गलिस स्कुल बाल क्लबका अध्यक्ष स्रमाट न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश फुयाल, सहायक प्रधानाध्यापक हस्त लामा, शिक्षक र अभिभावकको समेत सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक रमेश फुयालले विद्यालयले बालबालिकाको अन्तर्निहित प्रतिभालाई प्रस्तुत गर्न यो वर्ष विभिन्न कार्यक्रमहरू तय गरेर अगाडि बढ्ने बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्