
रामेछाप– नेपाल बार एशोसिएशन रामेछापको अध्यक्षमा पाण्डव प्रसाईं निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न बारको १४औँ जिल्ला अधिवेशनबाट प्रसाईं अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।




त्यस्तै अधिवेशनबाट उपाध्यक्ष राजेश बुढाथोकी, सचिवमा यादव दाहाल र कोषाध्यक्षमा ईश्वरी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा शम्भु उप्रेती, रामहरि केसी र नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने केन्द्रीय पार्षदमा सुदर्शन राय निर्वाचित भएका छन् ।
यस अघि नेपाल बार एशोसिएशन रामेछापको अध्यक्षमा विचारसिं तामाङ रहेका थिए ।
१४ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित प्रसाईं यस अघि पनि एक कार्यकाल रामेछाप बारको अध्यक्ष भइसकेका छन् ।



आफ्नो प्रतिकृया दिनुहोस्