Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

देश हामीले देखे जस्तो सामान्य अवस्थामा छैन्– राप्रपा अध्यक्ष लिङ्देन

संवादाताः कैलाश खत्री
भदौ २७, २०७९

रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था सामान्य अवस्थामा नरहेको दावी गरेका छन् । राष्ट्रिय प्रजतन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको आमसभालाई संबोधन गर्दै अध्यक्ष लिङ्देनले  अहिले नेपालको अवस्था सामान्य आँखाले हेर्दा सबै ठिकठाक जस्तो देखिएपनि देशको अवस्था सामन्य नरहेको दावी गरेका हुन् । देश अहिले इतिहाँसकै असामान्य अवस्थाबाट गुज्रीरहेको उनले दावी गरे ।

मंसिर ४ लाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले यो निर्वाचन एउटा सांसद चुन्ने र मन्त्री बनाउने मात्रै निर्वाचन नभएर देशको भविष्य बनाउने दिनको रुपमा बुझेर तीन दशक देखि नागरिकलाई बन्दक बनाएर राख्ने दलहरुलाई नभई राप्रपालाई निर्वाचित गराउन आग्रह गरेका छन् । राप्रपाले मात्रै मुलुकमा देखिएका समस्याहरुको समधान गर्न सक्ने उनको जिकिर थियो । देशको आर्थिक अवस्थालाई माथी उठाउन राप्रपा प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले विगत तीन दशक देखि सत्ताको नेतृत्व गरीरहेका राजनीतिक दलको कारण देशको अवस्था बर्बाद भएको बताएका छन् । उनले अहिले देशमा भएका युवाहरुलाई विदेश पठाइदिने, बृद्धहरुलाई भत्ता खुवाएर गाउँमा सुताइदिने र यहि देशमा केही गर्छु भनेर बस्ने देशको भविष्य बोकेका युवाहरुलाई कानुनको एम्बुसमा हालेर जेल चलान गर्ने काम भएको धारणा राखे । वरिष्ठ उपाध्यक्ष पाण्डेले नेपालको वर्तमान संविधान त्रृटिपुर्ण रहेको भन्ने कुरा प्रमाणित भएको दावी गरे ।

कार्यक्रममा बोल्दै राप्रपका नेता तथा पुर्व मन्त्री नवराज सुवेदीले विगत लामो समय देखि मुलुकको नेतृत्व गर्ने काँग्रेस र कम्युनिस्टले अहिले देशलाई कोल्याप्स हुने स्थितिमा पु¥याएको आरोप लगाएका छन् । देश चलाउने तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पनि कोल्याप्स हुने अवस्थामा पुगेको बताउँदै नेता सुवेदीले अब जनताले देशका बारेमा सोच्ने बेला आएको धारणा राखे । देशको रीति–थिति, धर्मा र राजा समेतलाई मासेर नयाँ राज्य संचालनमा पुगेका दलहरुले आज मुलुकलाई टाट पारेको उनको भनाई रहेको थियो ।

त्यस्तै पुर्व मन्त्री राप्रपा नेता आङ छिरिङ लामाले तीन दशक देखि सत्तामा रहेका प्रमुख दलहरुले सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै अब देशमा सुशान कायम गर्नको लागि पनि जनताले यो पटक राप्रपालाई जनमत दिनुपर्ने धारणा राखे । 

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य दाल कुमारी सुनुवार, रापप्रा रामेछापका अध्यक्ष भरत सिंह वाइबा, उपाध्यक्ष शिवजी घिमिरे लगायतले रामेछापमा विगत तीन दशक देखि विभिन्न दलले सत्ता प्राप्तीको लागि निर्वाचनमा चुनाव जिते पनि जनताको पक्षमा केही काम नगरको आरोप लगाएका छन् ।

कार्यक्रममा संविधान सभा सदस्य दालकुमारी सुनुवारले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई सुनुवार जातीले ओढ्ने जाले रुमाल ओढाएर स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गर्नेलाई अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष पाण्डेले पार्टी भित्र्याएका छन् । कार्यक्रममा विभिन्न झाँकी सहित हास्य कलाकार दमन रुपाखेतीले आफ्नो प्रस्तुती देखाएका थिए । 

Related Posts

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper