

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव प्रसाद ढुंगेललाई ७ हजार १ सय ९९ मतको मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।



काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।

















