Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२


काठमाडौं– नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको १५ औँ अधिवेशनलाई दृष्टिगत गर्दै युवाहरूले संगठनमा नयाँ सोच, अनुशासन र परिवर्तनको नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् ।

शनिबार काठमाण्डौको मध्यबानेश्वरस्थित सनराईज फुडल्याण्डमा आयोजित कार्यक्रममा रामेछापका युवा कांग्रेस नेताहरूले पार्टीभित्र अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
युवा नेताहरुले अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति, कांग्रेसको संगठनात्मक अवस्था र भविष्यको चुनौतीलाई ध्यानमा राख्दै पार्टीले नयाँ पुस्ता प्रति विश्वास देखाउनुपर्नेमा जोड दिए ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य रमेश खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा युवाहरूले “पार्टीलाई अहिलेको चुनौती सामना गर्न सक्ने, अनुशासनमा रहि सबैलाई सम्मानपूर्वक व्यवहार गर्न सक्ने, नीति र विधानको बाटोमा हिँड्ने व्यक्तिले मात्र नेतृत्व लिनुपर्छ” भन्ने धारणा राखे ।

कांग्रेसको १५औँ अधिवेशनमा जिल्लामा युवाहरूलाई सभापतिको उम्मेदवार बनाउने तयारीको पनि छलफल चलाउन थालेको नेपाल तरुण दलका केन्द्रीय सदस्य दिपेन्द्र खड्काले बताए । पार्टीभित्र रूपान्तरण र संगठन सुदृढीकरणको काम अगाडि बढाउन सक्ने नेतृत्वको समेत छलफल गर्ने गर्ने र त्यो विषयमा छिट्टै पार्टीका विभिन्न तहका युवाहरूसँग बृहत भेला गरी गहन छलफल गरिने पनि दिपेन्द्र खड्काले बताए । युवाहरुको एजेन्डामा सहमत हुने पार्टीका अन्य साथी हरुलाई पनि बोलाएर बृहत भेला राख्ने र नेतृत्वको विषयमा गहन छलफल गरेर उमेदारी चयन गर्ने पनि खड्काले बताए ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशिलहरि बख्रेलका अनुसार, देशको जनसांख्यिक संरचना युवामै केन्द्रित भएकोले नेतृत्व प्रणालीमा पुनःव्यवस्था आवश्यक छ । उनले नयाँ पुस्ता प्रविधि, विश्व सन्दर्भ र व्यवहारिक नेतृत्वका दृष्टिले सक्षम भएकाले कांग्रेसले अब उनीहरूलाई अवसर दिनुपर्ने बताए ।

छलफलमा तरुण दलका केन्द्रीय सदस्यहरू योगेश श्रेष्ठ, विनिती खड्का नेविसंघका केन्द्रीय सदस्यहरु नारायण घिमिरे, विष्णु श्रेष्ठ, विष्णुहरि खड्का, चन्द्र थापा मगर, लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष पुष्कर पौडेललगायत युवा नेताहरुको सहभागिता रहेको बताईएको छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper