Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली–१ लाई

संवादाताः कैलाश खत्री
पुस २५, २०७८

रामेछाप- तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ मन्थलीले जितेको छ । आइतबार सदरमुकाम मन्थलीमा भएको फाइनल खेलमा वडा नं ११ गेलुलाई पराजित गर्दै मन्थली– १ ले एक लाख नगद पुरस्कार सहित तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।

फाइनलका लागि मन्थली १ र मन्थली ११ बीच भएको खेलको पहिलो सेटमा मन्थली ११ ले मन्थली १ लाई २५–११ म हराएको थियो भने दोस्रो, तेस्रो र चौथो सेटमा क्रमशः २५–१४, २५–१८ र २५–१९ मा हराएपछि मन्थली १ ले तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।

प्रतियोगितमा मन्थली नगरपालिका वडा नं ११ गेलु द्वितीय, मन्थली नगरपालिका वडा नं ४ सालु तृतीय र मन्थली नगरपालिका वडा नं १० चनखु सान्त्वोना भएका छन् । प्रतियोगितमा प्रथम हुने टिमलाई एक लाख नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको मन्थली नगर शिक्षाका प्रमुख सौभाग्य न्यौपानेले बताए । न्यौपानेका अनुसार प्रतियोगितमा द्वितिय हुने टिमलाई ७५ हजार हजार नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय हुने टिमलाई ५० हजार नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदन गरिएको छ । त्यस्तै प्रतियोगितमा सान्त्वना हुने टिमलाई ३० हजार नगदको साथमा सिल्ड र प्रमाणपत्र प्रदान गरिएको न्यौपानेले बताए ।

प्रतियोगितमा मन्थली १ का जनक माझी उत्कृष्ट खेलाडी, मन्थली ४ का रामकुमार रानामगर उत्कृष्ट डिफेन्डर, मन्थली ११ का सञ्जिव खत्री उत्कृष्ट सटर, मन्थली १ का नविन माझी उत्कृष्ट सर्भर, मन्थली ४ का रामहरी खत्री उत्कृष्ट बल्कर र मन्थली ११ नारायण श्रेष्ठ उत्कृष्ट स्पाइकर घोषित भएका छन् । उत्कृष्ट हुने खेलाडीहरुलाई प्रति खेलाडी पाँच हजार नगद पुरस्कार सहति प्रशंसा पत्र दिएर खेलाइलाई सम्मान गरिएको मन्थली नगर खेलकुद समितिले बताएको छ ।

प्रतियोगितमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, उपसचिव हेमन्त कुमार बुढाथोकी, मन्थली नगपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ, मन्थली नगरपालिका वडा नं १० का वडाध्यक्ष भरत बोहरा, मन्थली नगरपालिका वडा नं ११ का वडाध्यक्ष भिम बहादुर थापामगर, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र हस्तान्त्ररण गरेका थिए ।

मन्थली नगरपालिकालाई खेलकुदको क्षेत्रमा अब्बल बनाउनको लागि नगरपालिकाले धेरै किसिमका प्रतियोगिता आयोजना गर्दै नगरका युवाहरुको शारीरिक र मानसिक विकासमा धेरै सहयोग पु¥याएको नगर प्रमुख बस्नेतले दावी गरे । नगर प्रमुख बस्नेतले विगत तीन वर्ष देखि मन्थली नगरपालिकाले नियमित रुपमा संचालन गर्दै आएको मेयर कपले नगरपालिकामा खेलाडी उत्पादन हुँदै गएकाले आगामी दिनमा नगरलाई खेलकुदकै माध्यमबाट चिनाउन सफल हुने बताए ।

मन्थली नगरपालिकाको अयोजनामा शुक्रबार देखि सुरु भएको प्रतियोगितमा मन्थली नगरपालिकाका १४ ओटा वडाबाट एक–एक टिमले सहभागिता गराएका थिए ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper