Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर मार्फत वडा कार्यालयबाट सेवा दिन थालेको हो । गाउँपालिकाबाट प्रवाह हुने एक दर्जन भन्दा बढी सेवा सहित गाउँपालिकाको टिम वडामा पुगेर नागरिकलाई सेवा दिन थालिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार एकीकृत घुम्ती शिविरमा नयाँ व्यवसाय दर्ता, पुराना व्यवसाय नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपंगता परिचय पत्र नविकरण, परामर्श सहित कृषिजन्य विषादी वितरण, कृषक समूह दर्ता, माटो परीक्षण, पशुजन्य औषधी वितरण, पशुको क्यास्ट्रेसन तथा अन्य सामान्य उपचार, रेबिज खोप, योजना सम्झौता, ३० वर्ष माथिका महिलाहरुलाई भिआइए स्क्रिनिङ र रिङ पेशरी राख्ने र ५० वर्ष माथिका नागरिकहरूको आँखाको मोतीबिन्दु रोगको स्क्रिनिङ लगायतका १४ ओटा सेवा शिविरबाट दिने गरी एकीकृत घुम्ती शिविर राखिएको छ ।

पौष १३ गते सुनापति गाउँपालिका वडा नं १ मा आयोजना गरिएको शिविर १४ गते वडा नं २ मा, १५ गते वडा नं ३ मा, १६ गते वडा नं ४ मा र १७ गते वडा नं ५ मा गरिने प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । 

‘नागरिकको सहजताको लागि गाउँमै सेवा’– अध्यक्ष तामाङ

सुनापति गाउँपालिकाका आम नागरिकको सहताको लागि गाउँपालिकाबाट प्रवाह हुने सेवा गाउँमै लगिएको गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताएका छन् । अध्यक्ष तामाङले भने– “स्थानीय सरकार भनेको गाउँका नागरिकको सरकार हो । उहाँहरूको सहजताको लागि हामीले गाउँमै सेवा लैजादा सेवाग्राहीलाई बल्ल सरकार भएको महसुस हुन्छ । त्यस कारण हामीले गाउँपालिकाबाट प्रवाह हुने सेवा गाउँ–गाउँमै लगेका हौँ ।” अध्यक्ष तामाङले वडा तहमै पुगेर दिन सुरु गरिएको निःशुल्क सेवा सबैलाई लिन आग्रह गरेका छन् । 

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper