रामेछाप- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आफ्नो कार्यकालमा खेल पुर्वाधारको लागि दिगो संरचना बनाएर छाड्ने बताएका छन् । प्रेस सेन्टर रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले प्रदेश, स्थानीय तह र वडा गाउँ स्तरमा खेल पुर्वाधारको विकास गर्ने बताएका हुन् ।
खेल पुर्वाधारको लागि मन्त्रालयले योजना बनाइसकेको र त्यो योजनालाई मन्त्रीपरिषद्बाट निर्णय गराएर कार्यन्वयनमा जाने उनले बताए । सदस्य सचिव घिसिङले दिगो खेल पुर्वाधारको लागि अन्तर्रराष्ट्रिय लगानी समेत भित्र्याउने योजना रहेको बताए ।
खेलकुद परिषद्को सदस्य सचिव भएपछि बिहिवार पहिलो पटक गृह जिल्ला रामेछाप आएका उनलाई जिल्ला स्थित विभिन्न खेल सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिदै जिल्लाको खेलकुद विकासलाई प्राथमिकतामा राखेर रामेछापलाई खेल क्षेत्रकै जिल्लाबाट चिनाउने गरी काम गर्न माग गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्