Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने सेवा लिन पालिकाको केन्द्र र सदमुकाम धाउनु पर्ने बाध्यतालाई सहज पार्ने उदेश्यले एकीकृत घुम्ती शिविर मार्फत गाउँमै सेवा पुर्‍याउने भएको हो । गाउँपालिकाले पालिकाका सबै वडा पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र र योजना सम्झौता लगायतका सेवा प्रवाह गर्न लागेको हो । वडा तहबाटै दिन लागिएका सेवा अन्तरगत नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण तथा संकलनको काम जिल्ला प्रशासन कार्यालय रामेछापले गर्ने छ भने व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र र योजना सम्झौता लगायतका सेवा गाउँपालिकाले गर्ने छ ।

शिविर अवधिभर नयाँ नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँको लागि विवरण संकलनका कामहरू हुनेछन् । यसैगरी नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र र व्यवसाय नवीकरणसम्बन्धी सम्पूर्ण कार्य पनि वडा तहमै सम्पन्न गरिनेछ । लक्षित वर्गका लागि प्रक्रिया पुर्‍याई अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै रोजगार आयोजना कार्यक्रम अन्तर्गतका योजनाहरू सहित विभिन्न विकास आयोजनाहरूको सम्झौता कार्य समेत वडाबाटै गरिने गाउँपालिकाले जनाएको छ ।

शिविर असोज १५ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि सञ्चालन हुने तय भएको छ । कार्यतालिका अनुसार असोज १५ गते वडा नं. १ गुम्देल, १६ गते वडा नं. २ बाम्तीभण्डार, १७ गते वडा नं. ३ कुबुकास्थली, १८ गते वडा नं. ४ प्रीति, १९ गते वडा नं. ५ प्रीति, २० गते वडा नं. ६ गुप्तेश्वर र २१ गते वडा नं. ७ भुजीमा शिविर आयोजना गरिनेछ ।

गाउँबाटै प्रवाह गरिने सेवा लिनको लागि गाउँपालिकाले यस अघिनै सार्वजनिक सूचना जारी गरीसकेको छ ।

Related Posts

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper