Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना मुख्य अभियुक्त र लुटिएको सुन खरिद-बिक्री गर्ने दुई जना सुनचाँदी व्यवसायी गरी पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ १८ गते राति भएको उक्त लुटपाट, मन्दिरको दानपेटिका तोडफोड तथा विगतका अन्य आपराधिक घटनाहरूमा संलग्न गिरोहलाई विभिन्न स्थानबाट पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार २०८३ भदौ १८ गते राति अन्दाजी रातको १२ बजेको समयमा खाँडादेवी गाउँपालिका-२ मझुवा नेवारटोल बस्ने ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेका थिए । सोही क्रममा मुखमा मास्क लगाएर आएका तीन जना अपरिचित व्यक्तिहरूले घरको ढोका फुटाई भित्र प्रवेश गरेका थिए । उनीहरूले दुवै वृद्ध वृद्धालाई प्लास्टिकको टेपले हात बाँधी, मुख थुनेर तथा आँखामा पट्टी बाँधेर पूर्ण नियन्त्रणमा लिई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि पीडितहरूले शरीरमा लगाएका सुनका गरगहना र घरभित्र जतन गरी राखिएको नगद समेत डाँका गरी उनीहरू फरार भएका थिए । लुटपाट मच्चाएर भागेको सोही समूहले त्यही रात खाँडादेवी गाउँपालिका वडा नं. ७ स्थित प्रसिद्ध रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका समेत फुटाएर भेटी रकम चोरी गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरी प्रमुख जैसवारले बताए ।

घटनाको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले आधुनिक प्रविधिको सहायता लिँदै काठमाडौँ उपत्यका प्रहरीसँग समेत समन्वय गरी अनुसन्धान अघि बढाएको थियो । लुटपाटमा संलग्न व्यक्तिहरू भक्तपुर तथा काठमाडौँतर्फ पुगेको सुराक पाएपछि खटिएको प्रहरी टोलीले भदौ २० गते भक्तपुर जिल्लाका विभिन्न स्थानबाट लुटपाटमा प्रयोग गरिएका सवारी साधन र लुटिएका धनमालसहित पाँचै जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रहरी नियन्त्रणमा परेकाहरूमा खाँडादेवी गाउँपालिका-२ का ३३ वर्षीय पशुपति श्रेष्ठ, सोही वडाका ३२ वर्षीय दीर्घराज मोक्तान र सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका-२ का २५ वर्षीय सुमन जर्घा मगर रहेका छन् । पशुपति काठमाडौँमा इनड्राइभ (राइड सेयरिङ), दीर्घराज बसको सहचालक र सुमन काठमाडौँको एक निजी विद्यालयमा सवारी चालकको रूपमा कार्यरत रहेको पाइएको छ । यसैगरी, उनीहरूबाट लुटिएको सुन खरिद गर्ने भक्तपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका झापा दमक नगरपालिका-७ का ४४ वर्षीय पीताम्बर गहतराज र उनीमार्फत सुन लिएका धनकुटा बेलहारा नगरपालिका-५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले लुटिएका सामग्री र घटनामा प्रयोग गरिएका साधनहरू बरामद गरेको छ । सुमन जर्घा मगरको साथबाट नगद रु. २५ हजार, रेडमी कम्पनीको एन्ड्रोइड मोबाइल १ थान र घटना घटाउन प्रयोग गरिएको बा ७३ प ८७१२ नम्बरको रातो-कालो रङको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको छ । सुमनले घटनापछि मोटरसाइकलको नम्बर प्लेट समेत परिवर्तन गरी सिन्धुलीस्थित घरमा लुकाएर आफू काममा फर्किएको अवस्थामा सिन्धुली प्रहरीको सहयोगमा उक्त सवारी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । यस्तै, दीर्घराज मोक्तानको काठमाडौँस्थित डेरा कोठाबाट नगद रु. ५२ हजार २००, नेपाली नागरिकता, राहदानी, एनएमबी बैंकको चेक, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल र घटनास्थलमा प्रयोग गरिएको ज्याकेट तथा हाफ कट्टु बरामद भएको छ ।

त्यस्तै मुख्य अभियुक्त मानिएका पशुपति श्रेष्ठको साथबाट बा ७२ प ५८५८ नम्बरको मोटरसाइकल १ थान, नगद रु. ६ हजार ४६०, मोबाइल, नेपाली नागरिकता, शुभश्री बचत तथा ऋण सहकारी संस्थाको बचत बुक, पुराना सिक्का ५ थान, ढलौटको पानस (टुकी) २ थान, बुद्धचित्त (रुद्राक्ष) मालाको दाना २२ वटा र पीडित वृद्ध वृद्धाको भनी सनाखत भएको सुनजस्तो पहेंलो धातुको औँठी १ थान बरामद भएको छ । त्यसैगरी लुटिएको सुन बिक्री गरेर पशुपतिले लक्ष्मी सनराइज बैंकको खातामा जम्मा गरेको १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा समेत भेटिएको छ ।

सुनचाँदी व्यवसायी पीताम्बर गहतराजको साथबाट मोबाइल १ थान र गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेंलो धातुको रिङ २ थान बरामद भएको छ ।

नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) चेक गर्दा पक्राउ परेका व्यक्तिहरूको विगत पनि आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको प्रहरी प्रमुख जैसवारले बताए । मुख्य अभियुक्त पशुपति श्रेष्ठ यसअघि २०८० असोज १४ गते काठमाडौँमा सुनको सिक्री लुटपाट गर्दा पक्राउ परी प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरी कसूरमा मुद्दा चलेको रेकर्ड पनि देखिएको उनले बताए । यस्तै, दीर्घराज मोक्तानविरुद्ध २०७८ पुस १४ गते सित्खा पुलमा सवारी चेकजाँचका क्रममा प्रहरीसँग विवाद गरी अभद्र व्यवहार गरेको मुद्दा चलेको र सुन पसले गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा सम्बन्धी कसूरमा मुद्दा चलेको देखिएको छ । सोधपुछका क्रममा पशुपति श्रेष्ठको समूहले विगतमा समेत पशु चौपाया चोरी गर्ने गरेको स्वीकार गरेको छ । उक्त समूहले २०८३ असार १ गते राति खाँडादेवी-३ का सुन्दर श्रेष्ठको गोठबाट अन्दाजी २८/३० केजीको खसी चोरी गरी काठमाडौँ लगेर मासु खाएको र २०८३ भदौ ७ गते राति खाँडादेवी-३ भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट १५ केजीको बोका चोरी गरी बिक्री गरेको पुष्टि भएको छ ।

पशुपतिको समूहलाई प्रहरीले नियन्त्रणमा लिएपछि यसअघि मझुवा लगायतका ठाउँहरुमा भएका चोरीका घटनाहरुमा समेत उनिहरुकै संलग्नता हुन सक्ने भन्दै स्थानीयहरुले प्रहरीमा थप अनुसन्धानको लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले बताए । राउतका अनुसार अनुसन्धान जारी रहेकाले सो समूह अन्य अपराधका घटनामा समेत संलग्न हुन सक्ने अनुमान रहेको छ ।

यसैबीच, रामेछापकै सुनापती गाउँपालिका-२ दिमीपोखरीमा पनि घर फोडेर नगद चोरी गरेको अभियोगमा प्रहरीले बाबु-छोरालाई पक्राउ गरेको छ । भदौ १८ गते बिहान ६ बजेको समयमा दिमीपोखरीका ७५ वर्षीय इमानसिं तामाङ दम्पती घरमा ताल्चा लगाएर खेतमा काम गर्न गएको मौका पारी खुला रहेको बाख्राको गोठबाट प्रवेश गरी माथिल्लो तलाको सिलिङ उप्काएर नगद ७८ हजार रुपैयाँ चोरी भएको थियो । बिहान १० बजे खेतबाट फर्किँदा चोरी भएको थाहा पाएपछि प्रहरीमा खबर पुगेको थियो । शंकाको आधारमा प्रहरीले सोही साँझ सुनापती गाउँपालिका-२ पानीट्याङ्की टोल बस्ने ३४ वर्षीय आकास लामा र उनका १९ वर्षीय छोरा सन्दीप तामाङलाई पक्राउ गरेको थियो । आरोपित आकासको ढाडमा चोटको डाम देखिएको र सोधपुछपछि उनीहरूले चोरी गरेको स्वीकार गरेका थिए । उनीहरूको बयानका आधारमा इमानसिंहको घरबाट हराएको पैसा चोरीमा संलग्न रहेका व्यक्तिको घरको छानामुनि लुकाइराखेको अवस्थामा ७८ हजार रुपैयाँ नगद प्रहरीले बरामद गरी दुवै घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper