Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस रामेछापको उम्मेदवारको टुंगो लागेको छैन । त्यसो त संसदीय बोर्ड मार्फत टिकट वितरणको काम गरिरहेको नेपाली काँग्रेसले हाल सम्म देशैभरका कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्ग्याएको छैन । विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व फेरिएसँगै आन्तरिक विवादका कारण हाल सम्म टिकटको टुंगो लाग्न नसकेको बुझाइ रहेको छ । यद्यपि टिकट वितरणको लागि भने रामेछाप सहित १६५ ओटै निर्वाचन क्षेत्रको छलफल भइरहेको नेपाली काँग्रेस रामेछापका एक नेताले बताए ।

रामेछापमा पाँच नेताको नाममा छलफल

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षत्र रहेको रामेछापको लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नको लागि यस अघि जिल्ला कार्यसमिति मार्फत प्रतिनिधि तर्फ प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि सिफारिसमा परेका पाँच नेताहरूको नाममा छलफल भइरहेको नेपाली काँग्रेस रामेछापका एक नेताले जानकारी दिए । उनले भने,“उम्मेदवारी दर्ता गर्ने समय माघ ६ सम्म छ अर्थात् अब एक दिन मात्रै बाँकी रहेको छ । तर, रामेछाप जिल्लाको लागि हाम्रो पार्टीबाट टिकटको टुंगो लाग्न सकेको छैन । अहिले यस अघि जिल्लाबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाको लागि सिफारिसमा परेका नेताहरूको नाममा छलफल भइरहेको छ । छलफलमा रहेका पाँच नेता मध्ये एक जनाले टिकट फिक्स हुन्छ होला ।” उनका अनुसार टिकटको लागि छलफलमा रहेका नामहरूमा पूर्णबहादुर तामाङ कान्छाराम, रामचन्द्र खड्का, युवराज भट्टराई, डा. सुमन कर्माचार्य र गेल्जे शेर्पा रहेका छन् ।

छलफलमा रहेका पाँच नेताको राजनीतिक पृष्ठभूमि

छलफलमा रहेका पाँच नेताहरूमा पूर्णबहादुर तामाङ कान्छाराम नेपाली काँग्रेस रामेछापको वर्तमान सभापति एवं विघटित प्रतिनिधि सभा सदस्य हुन् । काँग्रेस र एमालेको गठबन्धनमा बनेको केपी ओली नेतृत्वको सरकारमा ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री समेत भएर काम गरेको अनुभव तामाङसँग रहेको छ । तामाङ पार्टी राजनीतिसँगै जिल्लाको समाजसेवामा समेत सक्रिय छन् ।

त्यस्तै रामचन्द्र खड्का डेढ दशक भन्दा बढी नेपाली काँग्रेस रामेछापको पार्टी सभापति भएर रामेछाप काँग्रेस हाँकेका नेता हुन् । खड्का हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत छन् । खड्कालाई रामेछाप काँग्रेसमा एक अभिभावको रूपमा समेत कार्यकर्ताले उभ्याउने गरेका छन् ।

बहुदलीय व्यवस्थाको लागि २०४६ सालको जनआन्दोलन ताका जेलको यातना समेत भोगेका युवराज भट्टराई पटक–पटक नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेका छन् । उनी वर्तमान महाधिवेशन प्रतिनिधि समेत हुन् । नेता भट्टराईलाई काँग्रेसको बौद्धिक नेताको रूपमा समेत परिचित छन् ।

२०३५ सालमा नेविसंघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका नेता डा. सुमन कर्माचार्य नेपाली काँग्रेसको गाउँ, क्षेत्र, जिल्ला र केन्द्रको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका नेता हुन् । कर्माचार्यले २०६७ सालमा रामेछाप काँग्रेसको क्रियाशील सदस्यता वितरण समितिको संयोजक बनेर १२ औँ जिल्ला अधिवेशन सम्पन्न गराएका थिए । काँग्रेस महासमिति सदस्य समेत भइसकेका कर्माचार्य २०५१ सालको मध्यावधि निर्वाचनको प्रचार प्रसारको लागि तयार पारिएको गीति क्यासेट बनाउने ताका हालका काँग्रेस उपसभापति विश्वप्रकाश शर्माका सारथि हुन् । डा. कर्माचार्य हाल ग्रामीण नागरिकको स्वास्थ्य सुधारका अभियन्ताको रूपमा काम गरिरहेका छन् ।

दशकौँ वर्ष अगाडिदेखि काँग्रेसमा संलग्न गेल्जे शेर्पा २०४६ सालको जनआन्दोलनदेखि नै काँग्रेसमा बढी क्रियाशील छन् । उनी विभिन्न समयमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेका नेता हुन् ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper