Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित सबै भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको छ भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ । 

त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २ मानपुरले २ स्वर्ण जितेको छ भने कुशेश्वर मावि सुनापति–४ बेथानले २ स्वर्ण जितेको छ । त्यस्तै सतलिङ्गेश्वर मावि सुनापति– १ गुन्सीले १ स्वर्ण पदक जितेको छ भने जलदेवी मावि सुनापति– ५ खनियापानीले १ स्वर्ण जितेको छ । प्रतियोगितामा भाग लिएका अग्लेश्वर मावि सुनापति–२ दिमीपोखरी र बाल मावि भिरकोटले भने एउटा पनि स्वर्ण पदक जितेका छैनन् । 

सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भई मंगलरबार सम्पन्न सातौं रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ९ वटा विद्यालयले भाग लिएका थिए ।

पदक जित्ने खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण तथा समापन कार्यक्रममा बोल्दै सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरूले कुनै पनि हारजितको रूपमा नहेरी निरन्तर अभ्यासको रूपमा लिन आग्रह गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भाग लिएर शिल्ड जित्नेगरी अभ्यास गर्न आग्रह गरे । उनले सुनापति गाउँपालिकाको खेलकुद विकासमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनको लागि अब अभ्यासका खेलहरू खेलाइने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । 

सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको समापन तथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्ट, गाउँपालिका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष पदम थापा, वडा नं १ का वडाध्यक्ष ध्रुव चौलागाई, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर लगायतको सहभागिता रहेको थियो । 

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper