Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३

रामेछाप– रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय महाधिवेशनमा भाग लिन काठमाण्डौ पुगेका तीन जना महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नेमा नेपाली काँग्रेस रामेछापको पूर्व सभापति समेत रहेका रामचन्द्र खड्का, काँग्रेस नेता मुक्त बहादुर महते र कलकारिताबाट काँग्रेस राजनीतिमा आएका प्रकाश कटुवाल रहेका छन् । 

उनीहरूले आफ्नो फेसबुक मार्फत केन्द्रीय सदस्य बन्ने इच्छा व्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । रामचन्द्र खड्काले २०२८ सालदेखि नेविसंघ हुँदै २०८३ मा आएर केन्द्रीय महाधिवेशन प्रतिनिधि सम्ममा आइपुग्दा काँग्रेसका हरेक परिवर्तनका अभियानमा आफू अनुकूल हुँदै गएको र अहिले बदलिएको काँग्रेसमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यस्तै अर्का महाधिवेशन प्रतिनिधि मुक्त बहादुर महतेले पनि दलित तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले फेसबुकमा आफू केन्द्रीय सदस्यको उम्मेदवार बनेको बताउँदै महाधिवेशन प्रतिनिधिहरूसँग भोटको अपिल समेत गरेका छन् । 

अर्का महाधिवेशन प्रतिनिधि प्रकाश कटुवालले पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताएका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत काँग्रेसको केन्द्रीय सदस्य बन्ने भन्दै उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि महाधिवेशन प्रतिनिधिहरूसँग भोटको अपिल गरेका छन् । 

रामेछापबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भइसेको छ भने २० गते उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

रामेछापबाट हाल सम्म तीन जनाले उम्मेदवारी घोषणा गरेपनि अन्य महाधिवेशन प्रतिनिधिहरूले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने तयारी गिरहेका काँग्रेस नेताहरूले बताएका छन् । 

Related Posts

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता
समाचार

सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

संवादाताः हाम्रो प्रहार
अशोज १७, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीपूर्ण खेल मार्फत आपसी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper