Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

महिला दिवस: जब धनमायाले माइक्रोफोनमा बोल्न पाईन…

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २२, २०८१

सुनापति- रामेछापको सुनापति गाउँपालिका, वडा नं. १, गुन्सीकी धनमाया तिवारीले सानो छँदा अक्षर चिन्न पाइनन् । घरको काम, खेतबारी, अनि गाईबस्तु पाल्नमै उनको जीवन बित्यो। शिक्षा भनेको के हो भन्ने कुरा उनले कहिल्यै बुझ्न पाइनन् । तर, समयसँगै उनका सन्तान जन्मिए, हुर्किए, र विद्यालय जान थाले। उनले पढाइको महत्व छोराछोरीको किताब हेर्दै बुझेकी थिइन् ।

२०६४ सालमा, उनका जीवनमा एक ठूलो दुर्घटना भयो—श्रीमानको अकस्मात् निधन । उनी एक्लै भइन्, चार सन्तानको अभिभावकत्वको जिम्मेवारी पूरा गर्ने चुनौती उनको काँधमा आयो । कसरी परिवार पाल्ने ? कसरी छोराछोरीलाई पढाउने ? यी प्रश्नहरूले उनलाई दिनरात सताउन थाल्यो ।

श्रीमान् बितेको केही महिनापछि, गाउँमा प्रौढ शिक्षा कार्यक्रम सुरु भयो । धनमायाले मनमा हिम्मत जुटाइन्—”अब म पनि पढ्छु!”। उनी दिनभरि काम गर्थिन्, साँझतिर तीन महिने प्रौढ कक्षामा जान्थिन् । अक्षर लेख्न, पढ्न सिकिन् । जब उनले पहिलोपटक आफ्नो नाम आफैं लेख्न सकिन्, उनको आँखामा खुसीका आँसु भरिए । “अब म अनपढ छैन !” उनले आफैंलाई भनिन् ।

शिक्षाले उनलाई थप आत्मविश्वास दियो । उनले आफ्ना सन्तानलाई अझ राम्रो पढाउने प्रण गरिन् । सानो खेतीपाती, मजदुरी, र गाउँमा साना व्यवसाय गरेर उनले छोराछोरीलाई उच्च शिक्षा दिलाइन् । सबै आ-आफ्नो ठाउँमा सफल भए । यो उनको ठूलो जित थियो ।

समय बित्दै गयो । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सुनापति गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्‍यो । धनमायाले पनि भाग लिइन् । माइक्रोफोन अगाडि उभिँदा उनको मन छिनछिनमा ढुकढुक भयो । तर, जब उनले बोल्न सुरु गरिन्, उनका शब्दहरूले सबैलाई छोयो ।

“म सानो छँदा, राणा शासकको शासन थियो। महिलाहरू बोल्न सक्दैनथे। पढ्न त झन् सपनाजस्तै थियो । म आफैं पनि शिक्षाविहीन थिएँ। तर, समय बदलियो। कानुन बदलियो । अब हामी बोल्न सक्छौं, पढ्न सक्छौं, देश चलाउन सक्छौं । म अनपढ भए पनि आज म यहाँ उभिएर बोल्न पाएकी छु । यो अधिकार हाम्रै मेहनतले आएक हो । अब यो कानुनलाई सही तरिकाले प्रयोग गरौँ । सक्षम महिलाहरू देश चलाउन अगाडि बढौँ।”

उनको भाषण सुन्दा सबैले ताली बजाए । धनमायाको जीवन संघर्ष र साहसको कथा गाउँभरि प्रेरणाको स्रोत बन्यो । उनीजस्तै धेरै महिलाहरूले शिक्षा र आत्मनिर्भरताको यात्रामा अघि बढ्ने हिम्मत पाए । बक्तत्वकला प्रतियोगितामा उनले भाग मात्रै लिनन्, १५ सहभागी महिलाको बिचमा सान्तोन्व हुँदै एक हजार रुपैयाँ पुरस्कार समेत जितिन् ।

धनमाया तिवारीको संघर्ष मात्र उनको व्यक्तिगत जित थिएन । यो एउटा उदाहरण थियो—शिक्षा उमेरले होइन, इच्छाशक्तिले निर्धारण गर्छ । बोल्न पाउने अधिकार केवल कानुनी शब्द मात्र होइन, संघर्षले प्राप्त गरेको मूल्यवान् सम्पत्ति हो । धनमायाको सपना थियो—उनले भोगेका दुःख अरू महिलाले नभोगून् । त्यसैले उनले अन्तिम वाक्य जोडिन्— “अझै धेरै लड्नुछ, अझै धेरै सिक्नुछ !”

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper