Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीको सुनारपानीमा बोलेरो दुर्घटना: १ जनाको मृत्यु हुँदा ५ घाइते, पाँच महिने शिशु सकुशल 

संवादाताः हाम्रो प्रहार
अशोज ६, २०८१

रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने जीपमा सवार पाँच जना घाइते भएका छन् । आइतबार दिउँसाे सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिकाको वडा नं ४ सालु तर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो जीप सुनारपानीमा दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नं ४ को वडा सदस्य समेत रहेकी पदम माया नेपालीको ज्यान गएको छ ।

त्यस्तै जीपमा सवार ५ जना घाइते हुनेहरूमा मन्थली नगरपालिका वडा नं. ४ को वर्ष ३४ की सिता नेपाली, वर्ष २५ की सुजिता रसाइली, वर्ष ६९ को दिलिप कुमार वरुवाल, वर्ष ४२ को गुन कुमार थापामगर र वर्ष २५ की सरिता नेपाली रहेका छन् । त्यस्तै जीपमा सवार घाइते सरिता नेपालीको ५ महिना की छोरी रोनिसा नेपाली भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेका अनुसार पदम माया नेपालीको घटना स्थलमै मृत्यु भएको छ । चालक सहित ७ जना सवार रहेको बोलेरो जीप गुडी रहेको अवस्थामा आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल पाखामा खसेको प्रवक्ता न्यौपानेले बताए । 

घाइते मध्ये गम्भीर अवस्थामा रहेका दिलिप कुमार बरुवाल र गुन कुमार थापामगरलाई रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाण्डौँ पठाइएको मन्थली नगरपालिका वडा नं ४ सालुका वडाध्यक्ष राजन घिमिरेले जानकारी दिए । अन्य घाइतेको मन्थलीकै स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष घिमिरेले बताए । 

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper