Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरको घोषणा: राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण जित्नेलाई ५ हजार, उपाधि जिते १ लाख

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८०

रामेछाप- रामेछाप नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेमा एक लाख पुरस्कार दिने घोषणा गरेको छ । छैटौँ रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख लवश्री न्यौपानेले पौष २१ गतेबाट हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले जितेमा एक लाख पुरस्कार दिने घोषणा गरेका हुन् । 

नगर प्रमुख न्यौपानेले भने–‘तीन दिन अघि देखि सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा खेलाडीहरूको उत्साह देख्दा हामी पनि उत्सहाति भएका छौँ । नगरपालिकाले उहाँहरूको खेल उत्साहलाई सम्मान गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राम्रो नतिजा निकाल्न अनुरोध गर्दछौँ । यदि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेमा नगरपालिकाले एक लाख पुरस्कार दिने छ, यो पनि हामी घोषणा गर्दछौँ । त्यति मात्रै हैन, नगरपालिकाबाट जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएर स्वर्ण पदक जितेर आउने खेलाडीलाई पनि पाँच÷पाँच हजारका दरले पुरस्कृत गर्ने छौँ । त्यस्तै समूहगत खेलमा प्रथम भएर आउने समूहलाई २० देखि २१ हजार रुपैयाँ दिने छौ भने दौड तर्फको ४ इन्टु एक सय र ४ इन्टु चार सय मिटर रिलेमा प्रथम हुनुभयो भने ८ हजारका दरले पुरस्कार दिने छौँ । तर, त्यसको लागि खेलमा पहिलो चाहिँ हुनु प¥यो ।’

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाबाट खेल खेल्न जाने खेलाडीलाई आइतबार देखि नै ‘क्लोज क्याम्पमा’ राखेर प्रशिक्षण गराइने नगर प्रमुख न्यौपानेले उद्घोष गरेका छन् । जिल्ला स्तरीय प्रतियोगिता संचालन हुने समय सम्मका लागि छनौट भएका खेलाडीलाई बस्न, खाना र अन्य सुविधा समेत नगरपालिकाले नै उपलब्ध गराउने नगरको योजना रहेको उनले बताए । 

उता रामेछाप नगरपालिकामा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीलाई राम्रोसँग खेल प्रशिक्षण तथा ठुला आयोजना गर्न समस्या भएको बताउँदै नगर प्रमुख न्यौपानेले निर्माणाधीन अवस्थामा रहेको सुकाजोर कभड हललाई छिटो निर्माण सम्पन्न गरेर संचालनमा ल्याउने व्यवस्था मिलाइदिन प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छाराम मार्फत प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुरोध गरेका छन् । त्यस्तै रामेछापको वडा नं ६ ओख्रनीमा पनि संघीय सरकार र प्रदेश सरकारको बजेटबाट खेल मैदान बनाएर खेल क्षेत्रको विकासलाई अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper