Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

साउन ३२ गते रामेछापको दोरम्बामा २०औँ दोरम्बा स्मृति दिवस, प्रधानमन्त्री आउने

संवादाताः कैलाश खत्री
साउन ३१, २०८०

रामेछाप– रामेछापको दोरम्बामा २० औँ दोरम्बा स्मृति दिवस बिहीबार आयोजना हुने भएको छ । रामेछापको दोरम्बामा २०६० साल साउन ३२ गते तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिई डाँडाकटेरी भन्ने ठाउँमा लगेर हत्या गरेको थियो । दाङ जिल्लाको हापुरेमा सरकार र विद्रोही माओवादीबिच शान्तिबार्ता चलिरहेको बेला दोरम्बा घटना घटेपछि वार्ता नै भङ्ग भएको थियो भने माओवादी र सेनाबिचको द्वन्द्व चर्किएर ठुलो क्षति हुन पुगेको थियो । शान्ति वार्ताको उपयोग गर्दै माओवादीहरू दोरम्बा गाउँका स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बसिरहेको बेला उनीहरूलाई सेनाले घेरा हालेर समातेको थियो । त्यसपछि शाही नेपाली सेनाले डाँडाकटेरी भन्ने ठाउँमा लगेर गोली हानी १९ जना ओवादी कार्यकर्ता, शिक्षक युवराज मोक्तान र उनका छोरा समेत २१ जनाको हत्या गरेको थियो। तत्कालीन माओवादी रामेछापका जनसरकार प्रमुख बाबुराम लामा सहित जिल्ला तथा क्षेत्र स्तरका नेता तथा कार्यकर्ताहरूको हत्या भएको यो घटनालाई विश्व समुदायले चासोका साथ लिएको थियो। दोरम्बा घटनालाई अहिले पनि मानवता विरुद्धको घटनाको रूपमा लिइन्छ। अहिले दोरम्बामा २१ जनाको स्मृतिमा सालिक बनाइएको छ। दोरम्बा घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाले अनुसन्धान गरेका थिए।

२० औँ दोरम्बा स्मृति दिवसलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दोरम्बा आउने भएका छन् । नेकपा माओवादी केन्द्र दोरम्बाका इन्चार्ज कमानसिंह मोक्तानले कार्यक्रमको तयारी पुरा भएको र अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका,केन्द्र तथा प्रदेश स्तरका नेताहरू दोरम्बा आउने जानकारी दिए ।

यसै गरी सोही कार्यक्रममा नेकपा माओवादी केन्द्र दोरम्बाले प्रकाशन गरेको समाजवादको यात्रा नामक पुस्तकको विमोचन गर्ने कार्यक्रम समेत रहेको माओवादी केन्द्र दोरम्बाका सह इन्चार्ज अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper