Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

युवाशक्ती उद्यमशीलतामा नलागे २० वर्ष पछि मुलुकमा सङ्कट आउँछ– सचिव खड्का

संवादाताः हाम्रो प्रहार
जेष्ठ ५, २०८०

रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले अहिले मुलुकमा भएको युवाशक्तीलाई उद्यमशीलतामा नलगाउने हो भने अबको २० वर्ष पछि मुलुकमा सङ्कट आउने बताएका छन् । मन्थली सहित स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीद्वारा बिहीबार आयोजित जागिर भन्दा उद्यमशीलता ठिक विषयक वादविवाद प्रतियोगितामा आफ्नो भनाई राख्दै सचिव खड्काले अहिले मुलुकमा युवाशक्ती अधिक रहेको त्यो शक्ति उद्यमशीलतामा नलाग्ने हो भने २० वर्ष पछि मुलुकमा सङ्कट आउने बताएका हुन् । 

पार्टी सचिव खड्काले आफ्नो भनाई राख्दै भने–‘आजको कार्यक्रम वादविवादमा जुन विषय बस्तु राखियो त्यो एकदमै ठिक विषय बस्तु छ । मुलुकका सबै युवाहरू उद्यमशीलतामा लाग्ने हो भने मात्रै मुलुक समृद्ध बन्छ । अहिले मुलुकमा १६ देखि ४० वर्षका युवाहरू अधिक रहेका छन्, उनीहरूलाई उद्यमशीलतामा लाग्नु पर्छ । २० वर्ष पछि यही अवस्था रहँदैन । मुलुकका लागि यो ठुलो अवसर हो । यही अवसरलाई प्रयोग गर्दै युवाहरूलाई उद्यमशीतामा लगाउन राज्यले विशेष चासो देखाउनु पर्छ ।’

फरक प्रसङ्गमा सचिव खड्काले १६ वर्ष अघि मात्रै स्थापना भएको गणतन्त्र प्रति  नागरिकहरूको वितृष्ण देखिएको बताउँदै आम नागरिकको मनबाट त्यो वितृष्ण हटाउन गणतन्त्र बादी दलहरू लाग्नु पर्ने धारणा राखे । राजनीतिक दल र आम नागरिकको बलबाट स्थापना भएको गणतन्त्रलाई संस्थागत गर्न सके गणतन्त्रले नै आम नागरिकका सबै अधिकार पूरा गर्ने उनले बताए । 

मन्थली सहित स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अविनाश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू पूर्व स्थायी कमिटी सदस्य सुन्दर घिमिरे, क्याम्पस प्रमुख डा. भरत श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए । 

Related Posts

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper