Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

प्रदेश प्रतिनिधिको मतपरिणामप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय निर्वाचन समितिमा निवेदन

संवादाताः हाम्रो प्रहार
अशोज १७, २०८३

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’बाट प्रदेश अधिवेशन प्रतिनिधिका उम्मेदवार कृष्णकुमार कार्कीले जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दर्ता गराएका छन् ।

कार्कीले मतगणनाका क्रममा आफ्ना प्रतिनिधिले टिपोट तथा जोड गरेको मतपरिणाम र जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम फरक रहेको दाबी गर्दै पुनः मतगणनाको मागसहित केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका हुन् ।

उनले मतगणनामा खटिएका आफ्ना प्रतिनिधिले निकालेको परिणामअनुसार आफू निर्वाचित हुनुपर्ने भए पनि जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणाममा आफूलाई निर्वाचित सूचीमा नराखिएको भन्दै त्यसप्रति आपत्ति जनाइएका हुन। उनले मतपत्र पुनः गणना गरी वास्तविक परिणाम सार्वजनिक गर्न माग गरेका छन् ।

यता, रामेछाप जिल्ला निर्वाचन समितिले प्रदेशसभा ‘क’बाट खुला प्रदेश अधिवेशन प्रतिनिधितर्फ १६ जना उम्मेदवारमध्ये आठ जना निर्वाचित भएको परिणाम सार्वजनिक गरिसकेको छ । सार्वजनिक परिणामअनुसार कृष्णकुमार कार्की निर्वाचित हुने आठ जनाको सूचीमा परेका छैनन् ।

जिल्ला निर्वाचन समितिले भने मत परिणाम कम्प्युटरमा प्रविष्ट गर्ने क्रममा एक मुठाको मत भुलवश दोहोरिएर इन्ट्री भएको र त्यसपछि अर्को बास्तविक मत इन्ट्री गरी सच्याएर सार्वजनिक गरिएको जनाएको छ । समितिले यसबारे सूचना जारी गर्दै मत परिणाम सार्वजनिक गरेको थियो ।

Related Posts

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper