रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले अहिले मुलुकमा भएको युवाशक्तीलाई उद्यमशीलतामा नलगाउने हो भने अबको २० वर्ष पछि मुलुकमा सङ्कट आउने बताएका छन् । मन्थली सहित स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीद्वारा बिहीबार आयोजित जागिर भन्दा उद्यमशीलता ठिक विषयक वादविवाद प्रतियोगितामा आफ्नो भनाई राख्दै सचिव खड्काले अहिले मुलुकमा युवाशक्ती अधिक रहेको त्यो शक्ति उद्यमशीलतामा नलाग्ने हो भने २० वर्ष पछि मुलुकमा सङ्कट आउने बताएका हुन् ।
पार्टी सचिव खड्काले आफ्नो भनाई राख्दै भने–‘आजको कार्यक्रम वादविवादमा जुन विषय बस्तु राखियो त्यो एकदमै ठिक विषय बस्तु छ । मुलुकका सबै युवाहरू उद्यमशीलतामा लाग्ने हो भने मात्रै मुलुक समृद्ध बन्छ । अहिले मुलुकमा १६ देखि ४० वर्षका युवाहरू अधिक रहेका छन्, उनीहरूलाई उद्यमशीलतामा लाग्नु पर्छ । २० वर्ष पछि यही अवस्था रहँदैन । मुलुकका लागि यो ठुलो अवसर हो । यही अवसरलाई प्रयोग गर्दै युवाहरूलाई उद्यमशीतामा लगाउन राज्यले विशेष चासो देखाउनु पर्छ ।’
फरक प्रसङ्गमा सचिव खड्काले १६ वर्ष अघि मात्रै स्थापना भएको गणतन्त्र प्रति नागरिकहरूको वितृष्ण देखिएको बताउँदै आम नागरिकको मनबाट त्यो वितृष्ण हटाउन गणतन्त्र बादी दलहरू लाग्नु पर्ने धारणा राखे । राजनीतिक दल र आम नागरिकको बलबाट स्थापना भएको गणतन्त्रलाई संस्थागत गर्न सके गणतन्त्रले नै आम नागरिकका सबै अधिकार पूरा गर्ने उनले बताए ।
मन्थली सहित स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अविनाश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू पूर्व स्थायी कमिटी सदस्य सुन्दर घिमिरे, क्याम्पस प्रमुख डा. भरत श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्