Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कार्य सम्पादन मूल्याकंनमा रामेछाका दुई नगरपालिका बागमती प्रदेशमा चौथो र पाँचौ नम्बरमा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन ४, २०७९

रामेछाप- बामती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका चोथौ र रामेछाप नगरपालिका पाँचौ भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये मन्थली नगरपालिका चौथो र रामेछाप नगरपालिका पाँचौ नम्बरमा देखिएका हुन । मन्थली नगरपालिकाले ६८ दशमलव ०७ अंक प्राप्त गरेको छ भने रामेछाप नगरपालिकाले ६७ दशमलव ४२ अंक प्राप्त गरेका छ । प्रतिवेदन अनुसार जिल्लाका ८ पालिका मध्ये मन्थली नगरपालिका पहिलो हुँदा रामेछाप नगरपालिका दोस्रो भएको छ । सिन्धुलीको दुधौली नगरपालिकाले बागमती प्रदेशमा सबै भन्दा बढी ७४ दशमलव ४५ अंक प्राप्त गरी प्रदेशकै पहिलो स्थानीय तह भएको छ ।

यता गोकुलगंगा गाउँपालिकाले ६५ दशमलव ३९, सुनापति गाउँपालिकाले ६१ दशमलव २१, उमाकुण्ड गाउँपालिको ५२ दशमलव ९०, दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५३ दशमलव १३, खाँडादेवी गाउँपालिकाले ४६ दशमलव ७९ र लिखुतामाकोशी गाउँपालिकाले ३८ दशमलव ३१ अंका प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा ७ सय ५३ ओटा स्थानीय तह मध्ये बाँकेको नैनापुर गाउँपालिकाले सबै भन्दा बढी ७८ दशमलव ५१ अंक ल्याएर देशकै पहिलो स्थानीय तह भएको छ ।

उल्लेखित कार्यसम्पादन मूल्याङ्कन गएको आर्थिक वर्ष २०७८/०७९ को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । हाम्रो प्रहार डटकमसँग कुरा गर्दै प्रवक्ता पौडेलले भने– ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper