Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल बार एशोसिएशनको ६६ औँ स्थापना दिवसः रामेछाप इकाइले गर्‍यो संस्थापकलाई सम्मान

संवादाताः हाम्रो प्रहार
पुस ७, २०७९

रामेछाप– नेपाल बार एशोसिएशन इकाई रामेछापले ५ जना संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल बार एसोसिएशनको ६६ औँ स्थापना दिवसको अवसर पारेर विहिबार रामेछाप बार इकाईले आफ्ना संस्थापक सदस्यहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा शिव कुमार कार्की, रामचन्द्र वियोगी, पुस्करराज प्रसाईँ, चेत प्रसाद पौडेल र आङबाबु लामा रहेका छन् ।

उनिहरुलाई रामेछापका जिल्ला न्यायधिश इन्दिरा शर्माले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेकी हुन् । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिश शर्माले प्रभावकारी न्याय सम्पादनमा नेपाल बार एशोसिएशनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । बार र बेन्च बीचको सकरात्माक सम्बन्धले न्याय प्रणालीमा राम्रो हुने उनको भनाइ रहेको थियो ।

त्यस्तै सम्मानित भएका नेपाल बार एशोसिएशन इकाई रामेछाप संस्थापक सदस्य शिव कुमार कार्कीले संस्थाको सम्मानले आगामी दिनमा आफ्ना अग्रजहरु प्रति सम्मान राख्नु पर्छ भन्ने कुरा स्थापित भएको बताए । इतिहाँस प्रतिको सम्मानले वर्तमानमा हिड्ने बाटो तय गर्ने उनलको भनाइ रहेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान कार्यन्वयन र मानव अधिकारको रक्षाका लागि बार एशोसिएशनले खेलेका भूमिका उल्लेख्य रहेको चर्चा गरेका थिए ।

नेपाल बार एशोसिएशन इकाई रामेछापका अध्यक्ष विचारसिं दोङको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला न्यायधिवक्ता योगेन्द्र प्रसाद ढुंगेल, रामेछाप जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल र नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले नेपाल बार एशोसिएशनको ६६ औँ स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper