Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

९२ वर्षका ललित बहादुर कार्कीले दिए विद्यालयलाई निःशुल्क जग्गा

संवादाताः करुण सिं बराइली
पुस ५, २०७९

रामेछाप- गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसेको एक विद्यालयलाई स्थानीय ललित बहादुर कार्कीले निःशुल्क जग्गा दान गरेका छन् । ९२ वर्षका कार्कीले आफ्नै वडामा रहेको जलकाली ललित आधारभूत विद्यालयलाई साढे दुई रोपनी जग्गा निःशुल्क दान गरेका हुन् ।

२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवनहरु पुर्ण रुपमा ध्वस्ता हुनुको साथै विद्यालय रहेको जग्गा समेत फुटेर चिराचिरा परेर प्राविधिक रुपमा उक्त ठाउँमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नमिल्ने भएपछि विद्यालय नजिकै रहेको जग्गा कार्कीले निःशुल्क दिएका थिए ।

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा कार्कीले जग्गा दिएपछि ११ कोठे भवन निर्माण भएर पनि अहिले सहज रुपमा पठनपाठन समेत भइरहेको छ ।

विद्यालयलाई निःशुल्क जग्गा दान गर्ने कार्कीलाई विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले ज्ञान बाँढ्ने जस्तो पवित्र ठाउँलाई निःशुल्क जग्गा दान गर्ने व्यक्तिलाई सधैँभरी सम्मान हुनु पर्ने बताए । उनले गोकुलगंगा गाउँपालिकालाई गुणस्तरीय शिक्षामा अगाडि बढाउनको लागि ललित बहादुर कार्कीले जस्तै सबै गोकुलगंगावासीले निस्वार्थ मनले सहयोग गर्नु पर्नेमा जोड दिए ।

आफू एउटा पार्टीको तर्फबाट निर्वाचित भएर आएको भएपनि जनप्रतिनिधि भएपछि आफू कुनै पार्टीको मान्छे नभइ साझा मान्छे भएकाले जनताका समस्यामा साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै गाउँमा भएका समस्याहरुलाई जनप्रतिनिधिको कान सम्म ल्याउन अनुरोध गरे ।

अध्यक्ष खड्काले समाजमा देखिएका सामाजिक समस्या देखि विकास निर्माणमा देखिएका समस्याहरुको बारेमा जानकारी हुने जोसुकै व्यक्तिले पनि त्यसलाई खै त काम भएको ?, भनेर प्रश्न गर्नु भन्दा पनि काम गर्ने ठाउँमा जानकारी गराएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

राजनीतिकरणले गाउँको विकास नहुने भन्दै गाउँको समग्र विकासमा पालिका भित्र रहेका सबै राजनीतिक दल, स्थानीय नागरिक र जनप्रतिनिधि एक भएर लाग्दा दिर्घकालिन विकास हुने हुँदा सबै एक भएर लाग्नु पर्ने धारणा राखे ।

जलकाली ललित आधारभूत विद्यालय व्यवस्थाप समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उषादेवी कार्की, वडा नं २ ठोसेका वडाध्यक्ष सुन्दर कार्की लगायतले भनाई राखेका थिए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper