Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा समानुपातिक तर्फको मतमा एमाले पहिलो, कांग्रेस दोस्रो

संवादाताः हाम्रो प्रहार
मंसिर १८, २०७९

रामेछाप- रामेछापमा प्रतिनिधि सभा र प्रदेशमा समानुपातिक तर्फको मतमा नेकपा एमाले पहिलो भएको छ । नेकपा एमालेले रामेछापबाट प्रतिनिधि सभा तर्फको समानुपातिकमा २८ हजार १ सय ५० मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ समानुपातिकमा २८ हजार ५ सय ४ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले प्रतिनिधि सभा तर्फ २४ हजार १ सय १ मत पाएको छ भने प्रदेश सभा तर्फ २५ हजार ७ सय ५ मत पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फ २१ हजार ५४ मत ल्याएर रामेछापमा तेस्रो भएको छ । माओवादी केन्द्रले प्रदेश सभामा १८ हजार ६ सय ८५ मत ल्याएको छ ।

केही समय अघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६ सय २३ मत ल्याएर चौथो धेरै मत ल्याउने पार्टी बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा सदस्यको निर्वाचनमा अहिले भाग नलिने निर्णय गरेकाले प्रदेश सभामा कुनै पनि मत पाएको छैन् ।

राष्ट्रिय प्रजतन्त्र पार्टीले प्रतिनिधि सभा तर्फ समानुपातिकमा दुई हजार ७ सय १ मत पाएको छ भने प्रदेश सभा तर्फ ३ हजार ६ सय ८६ मत पाएको छ । एमालेबाट फुटेर बनेको नेकपा एसले रामेछापमा प्रतिनिधि सभा तर्फ १ हजार ३ सय ४८ मत पाएको छ भने प्रदेश सभा तर्फ २ हजार ५३ मत पाएको छ । रामेछापमा प्रतिनिधि सभा तर्फ ८४ हजार ८ सय १६ मत खसेको थियो । खसेको मतको ५ दशमलव ४९ प्रतिशत अर्थात ४ हजा ६ सय ५७ मत बदर भएको छ ।

प्रतिनिधि सभामा समानुपातिकमा देशैभरीबाट दलहरुले प्राप्त गर्ने मतको आधारमा १ सय १० सिटको बाँडफाँड हुन्छ । यस्तो बाँडफाँडमा लागि योग्य हुन दलहरुले सदर मतको ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्छ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper