Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रतिनिधि सभाका लागि रामेछाप काँग्रेसबाट सभापति कान्छाराम सहित पाँच जनाको नाम सिफारिस

संवादाताः हाम्रो प्रहार
भदौ १८, २०७९

रामेछाप– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापबाट नेपाली कांग्रेसका पार्टी सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) सहित पाँच जनाको नाम सिफारिस भएको छ । शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम), पुर्व पार्टी सभापति रामचन्द्र खड्का, निवर्तमान पार्टी सचिव एक बहादुर बस्नेत (विष्णु), निवर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठ र पार्टी प्रवक्ता नारायण बहादुर बोगटीको नाम सिफारिस गरिएको पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।

पार्टीबाट प्रतिनिधि सभाको उम्मेद्वार हुन योग्यता पुगेका सदस्यहरुबाट शनिबार सम्म उम्मेद्वारी पेश गर्न भनिएको र सोही अनुसार निर्धारित समयमा पेश हुन आएका सबैको नाम केन्द्रीय कार्यालय र बामगती प्रदेशको कार्यालयमा सिफारिस सहित पेश गर्ने निर्णय गरिएको सचिव खड्काले बताए ।

पार्टी सभापति तामाङ २०७४ को निर्वाचनमा पनि काँग्रेसबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा उम्मेद्वार भएका थिए भने पुर्व पार्टी सभापति खड्का पनि काँग्रेसको तर्फबाट दुई प्रतिनिधि सभा क्षेत्र हुँदा रामेछाप क्षेत्र नं २ बाट उम्मेद्वार भएका थिए ।

समानुपातिकमा ९ जनाको सिफारिस

त्यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ रामेछापबाट ९ जनाको नाम सिफारिस भएको छ । पुर्व पार्टी सभापति एवं संविधान सभा सदस्य आङटावा शेर्पा, पुर्व महाधिवेशन प्रतिनिधि ग्याल्जे लामा शेर्पा, पुर्व महाधिवेशन प्रतिनिधि विद्यासागर योञ्जन, पुर्व महासमिति सदस्य डा. सुमन कर्माचार्य, पुर्व महाधिवेशन प्रतिनिधि मुक्त बहादुर महते, पुर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्र घिसिङ, काँग्रेस नेता हिमालदाश श्रेष्ठ, काँग्रेस नेतृ सुशिला मिश्रा र आमन्त्रित जिल्ला कार्यसमिति सदस्य मञ्जु पुर्वे रहेका छन् ।

दुई प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकका लागि ६६ जनाको नाम सिफारिस

रामेछाप प्रदेशसभा (क) का लागि प्रत्यक्ष तर्फ १९ जना र समानुपातिक तर्फ १५ गरी ३४ जनाको नाम नेपाली काँग्रेस प्रदेश सभा (क) बाट सिफारिस भइ आएको र उक्त नामलाई जिल्ला कार्यसमितिले प्रदेश र केन्द्रमा पठाउने निर्णय गरिएको पनि सचिव खड्काले बताए । खड्काका अनुसार रामेछाप प्रदेश सभा (ख) का लागि प्रत्यक्ष तर्फ १४ र समानुपातिक तर्फ १८ गरी ३२ जनाको नामावली सिफारिस भइ आएकोले उक्त नामावलीलाई पनि जस्ताको तस्तै प्रदेश र केन्द्रमा पठाउने निर्णय गरिएको छ ।

आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुँदैछ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper