Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्डमा कार्यपालिका सदस्यको लागि माओवादीले उम्मेद्वारी दर्ता गराउनै पाएन

संवादाताः हाम्रो प्रहार
जेष्ठ १३, २०७९

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकामा गाउँकार्यपालिकाको लागि नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै उम्मेद्वारी दर्ता गराएका छन् । तर, नेकपा माओवादी केन्द्रले भने उम्मेद्वारी नै दिन पाएन् । गाउँ कार्यपालिकाको निर्वाचन कार्यतालिका अनुसार बिहिवार साँझ ५ बजे सम्म उम्मेद्वारी दर्ता गराउनु पर्ने भएपनि माओवादीले साँझ ५ बजे सम्म पनि उम्मेद्वारी दर्ता गराएन् । समय सकिएपछि उम्मेद्वारी दर्ता गराउन पुगेको माओवादी केन्द्रलाई अन्य दलले विरोध गरेपछि उम्मेद्वारी दर्ता गराउन नपाएको हो ।

माओवादी केन्द्र ५ बजे पछि मात्रै उम्मेद्वारी दर्ता गराउन आएको र उम्मेद्वारी दर्ता गराउने कि नगराउने भन्ने विषयमा छलफल हुँदै गर्दा नेपाली काँग्रेसले नियम अनुसार दर्ता गराउन नमिल्ने भन्ने किसिमको कुरा गरेपछि शुक्रबार सर्वदलिय छलफल गरेर मात्रै अगाडि बढ्ने गरी हाललाई दर्ता नगरिएको उमाकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत योगेन्द्र प्रसाद ढुंगेलले बताए ।

५ बजे अघि नै निर्वाचन अधिकृतको कार्यालयमा आएर फारम भर्ने काम गर्दा गर्दै केही समय ढिला भएको दावी गर्दै माओवादीले आफ्नो टेबुलमा पाँच बजे पछि मात्रै फाइल ल्याइपु¥याएको ढुंगेलले बताए ।

दर्ता गराउने समय सकिएपछि निर्वाचन कार्यालयले दर्ता गराउन मिल्दैन भन्नु पर्ने ठाउँमा छलफल गरेर अगाडि बढ्ने भन्ने किसिमको अभिव्यक्ति दिनु निर्वाचन अधिकृतको काममा संका पैदा भएको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य जित बहादुर कटुवालले बताए । २०७९ मा उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार समेत रहेका कटुवालले नियम भन्दा बाहिर रहेर दर्ता गरिएमा आफूहरु कानुनी उपचारमा जाने बताए ।

कार्यपालिकाको लागि नेकपा एमाले, नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रको आफ्नो मात्रै बहुमत पुग्दैन । कार्यपालिका बनाउन १९ जना आवश्यक हुन्छ । नेकपा एमालेबाट १८, काँग्रेसबाट १३ र माओवादीबाट ६ जना निर्वाचित भएका छन् ।

कार्यपालिकाको लागि निर्वाचित महिला सदस्यबाट ४ जना र सोही गाउँपालिकाका दलित वा अल्पसंख्याकबाट २ जना गरी ६ जना कार्यपालिका सदस्य हुनेछन् ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper