Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल निजामती कर्मचारी युनियन रामेछापको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुवेदी

संवादाताः कैलाश खत्री
पुस १०, २०७८

रामेछाप- नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले दामोदर सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमति चयन गरेको हो । समितिको उपाध्यक्षमा माधव प्रसाद पौडेल महिला उपाध्यक्षमा सुप्रभा कार्की र समावेशी उपाध्यक्षमा शिव कुमार महतो चयन भएका छन् । त्यस्तै सचिवमा शेषराज पौडेल, सह–सचिवमा उज्वल वस्नेत र कोषाध्यक्षमा नारायण कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः गणेश घिमिरे, कृष्ण बहादुर भुजेल, केशव प्रसाद दाहाल, ध्रुव कुमार मगर, शान्तादेवी ढकाल, गंगा थापा, बेख बहादुर खड्का र शिव चन्द्र श्रेष्ठ रहेका छन् । बाँकी दुई जना मनोनित गर्न बाँकी रहेको बताइएको छ ।

अधिवेशन नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय प्रतिनिधि यम बेलबासे, होम बहादुर थापा र घना श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको निजामती कर्मचारी यूनियन निर्वाचन मण्डलले बताएको छ । अध्यक्ष सहित समितिका पदाधिकारी र सदस्य सबै सर्वसम्मत निर्वाचिन भएको निजामती कर्मचारी यूनियन निर्वाचन मण्डलका प्रमुख गोविन्द प्रसाद कट्टेलले जनकारी दिए । अध्यक्षमा चयन भएका सुवेदी यस अघि पनि अध्यक्ष थिए ।

नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र अधिकारीले समय सापेक्ष अनुसार कर्मचारीले देश विकासमा भूमिका खेल्नु पर्ने बताए । त्यस्तै नेपाली काँग्रेस रामेछापको जिल्ला सचिव दीपक खड्काले लोकतन्त्र स्थापनामा कर्मचारीको महत्वपूर्ण भूमिका भएको चर्चा गर्दै लोकतन्त्रलाई बचाई राख्न पनि उतिकै भूमिका खेल्नु पर्ने धारणा राखे । सचिव खड्काले जिल्लामा कर्मचारीहरुलाई समस्या भएमा पार्टीमा जानकारी गराउन अनुरोध गर्दै समस्या समधानको लागि काँग्रेसले सहयो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल निजामती कर्मचारी युनियन रामेछापका अध्यक्ष दामोदर सुवेदीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका नेता एवं पत्रकार हिमाल ढुङ्गेल, पूर्व केन्द्रीय सदस्य होमबहादुर थापा, कर्मचारी युनियनका पूर्व जिल्ला अध्यक्ष उद्धव प्रसाद घिमिरे, कर्मचारी यूनियनका प्रतिनिधि यमलाल बेलवासे, स्थानिय तह कर्मचारी युनियनका अध्यक्ष घना श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना राख्ने वक्ताहरुले सरकारको स्थायी संरचना कर्मचारी प्रशासन भएकाले देशको विकास र उन्नतिमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper